श्रावण ४, २०८२ आइतबार July 20, 2025

खलिस्तानी टाइगर फोर्स चिफको क्यानडामा गोली हानी हत्‍या

गुरूद्वाराको पार्किङमा लटमा गाडीभित्र बसिरहेका उनको दुई अज्ञात व्यक्तिले गोली हानेर हत्या गरेको पुष्टी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः भारतीय प्रहरीको फरार सूचीमा रहेका खलिस्तानी टाइगर फोर्स (केटिएफ)का प्रमुख हरदिप सिंह निज्जारको क्यानडामा गोली हानेर हत्या भएको छ।

स्थानीय समयअनुसार आइतबार राति साढे ८ बजे क्यानडाको सरी शहरमा दुई जनाले उनीमाथि गोली हानेर हत्या गरेको भारतीय समाचारपत्र द हिन्दुले जनाएको छ।

गुरूद्वाराको पार्किङमा लटमा गाडीभित्र बसिरहेका उनको दुई अज्ञात व्यक्तिले गोली हानेर हत्या गरेको हो। घटनापछि दुबै जना फरार भएका छन्। हत्यापछि खालिस्तानी समुदायले प्रदर्शन समेत गरेका थिए।  हरदिप नेशनल इन्भेस्टिगेशन एजेन्सी (एनआइए)को वान्टेड सूचीमा थिए। एनआइएले उनीविरूद्ध चार वटा मुद्दा रहेको बताएको छ।

जलन्धरको भरसिंहपुरका उनीविरूद्ध पन्जाब प्रहरीले पनि केही मुद्दा दायर गरेको छ। उनी सन् १९९७मा क्यानडा पुगेका थिए। त्यहाँ आफ्नी श्रीमती र दुई छोरासँग बस्दै आएका थिए।

Operation Nijjar surpassing the cinema: Khalistan terrorist wanted by India  who was pushed into Canada! | India wanted Khalistani terrorist Hardeep  Singh Nijjar shot dead in Canada

उनीविरूद्ध सन् २०१६ मै रेड नोटिस जारी भएको थियो। सन् २०२२मा एनआइएले उनलाई पक्राउ गर्न सुराक दिने व्यक्तिलाई १० लाख भारू दिने घोषणा गरेको थियो।

भारतमा खलिस्तानको अभियान चलाइरहेका प्रमुख नेता अमृतपाल सिंहलाई प्रहरीले पक्राउ गरिसकेको छ। सन् २०२२ को मार्चमा वारिस पञ्जाब दे अर्थात् पञ्जाबका सन्तति समूहका नेता बनेपछि उनी चर्चामा आएका हुन्। उनलाई गत वैशाखमा पन्जाव प्रहरीले पक्राउ गरेको थियो। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार