श्रावण ४, २०८२ आइतबार July 20, 2025

होन्डुरसको महिला कारागारमा दंगा, जलेरसहित ४१ कैदीको मृत्यु

सात जना महिला कैदीको गोली र छुरा प्रहारको आरोपमा टेगुसिगाल्पा अस्पतालमा उपचार हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः होन्डुरसको एक महिला कारागारमा मंगलबार भएको दंगामा कम्तीमा ४१ महिलाको मृत्यु भएको छ । अवैध गतिविधिलाई लिएर दुई समूहबीच भएको झडपमा कैदी जलेर मृत्यु भएको प्रहरी अधिकारीहरुले जनाएका छन ।

द गार्जियनका अनुसार होन्डुरसको सो जेलमा गिरोहहरू बीचको सुरु भएको हिंसाको कारण कम्तिमा ४१ महिला कैदी बन्दीको को मृत्यु भएको हो, जसमध्ये धेरैलाई जलाएर मारिएको छ ।

होन्डुरसको राष्ट्रिय प्रहरी अनुसन्धान एजेन्सीका प्रवक्ता युरी मोराले पनि भने कि अधिकांश सो हिंसात्मक भिडन्तको क्रममा बन्दीहरुलाई जलाईएको थियो ।

A Riot In A Massive Prison In Ecuador Has Left More Than 100 Inmates Dead :  NPR

तर, होन्डुरसको राजधानी टेगुसिगाल्पाबाट करिब ३० माईल उत्तरपश्चिममा रहेको तामाराको जेलमा कैदीहरूलाई गोली हानेको पनि रिपोर्टहरू छन्।

मिडिया रिपोर्टका अनुसार कम्तिमा सात जना महिला कैदीको गोली र छुरा प्रहारको आरोपमा टेगुसिगाल्पा अस्पतालमा उपचार भइरहेको छ। देशको कारागार प्रणालीका प्रमुख जुलिसा विलानुएभाले कारागारभित्रका गैरकानूनी गतिविधिलाई नियन्त्रण गर्न अधिकारीहरूले हालै गरेको प्रयासका कारण दंगा सुरु भएको बताइन्।

जसका कारण मंगलबार कारागारमा हिंसा भएको थियो । कारागारमा रहेका संगठित गिरोहविरुद्ध कारबाही भइरहेको उनले बताए । उनले कारागारमा रहेका गिरोहले आफ्नो बृहत् नियन्त्रणको अभ्यास गरेको बताए । साथै कैदीहरूले प्रायः आफ्नै नियमहरू सेट गर्छन् र निषेधित सामानहरू बेच्छन् ।एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार