श्रावण ४, २०८२ आइतबार July 20, 2025

टाइटनिक हेर्न गएको बेपत्ता पनडुब्बीमा पाकिस्तानी अर्बपतिका बाऊ छोरा पनि

बेपत्ता पनडुब्बीमा पाकिस्तानका अर्बपति व्यापारी प्रिन्स दाउद र उनका छोरा सुलेमान र बेलायती व्यापारी हमिस हार्डिङ पनि सँगै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः विश्वकै चर्चित पानी जहाज मध्येको एक टाइटानिक फेरी एकपटक चर्चामा आएको छ ।

एट्लान्टिक महासागरको गहिराइमा डुबेको यो जहाज हेर्न आइतबार पर्यटक पनडुब्बीमा पाँच जना गएका थिए तर यो पनडुब्बी अहिले दुई दिन देखी बेपत्ता भएको छ ।

अहिले अवस्था यस्तो छ कि उद्धारकर्ताहरू यो पनडुब्बी खोज्न लागि परेका छन् ।

यो पर्यटक पनडुब्बीको नाम सिर्ट टाइटन हो र समुद्रमा डुबेको साढे दुई घण्टामा यसको सम्पर्क टुटेको थियो। ब्लूमबर्गको रिपोर्ट अनुसार यो पनडुब्बीको दायरा ९६ घण्टा छ र यसले ७० घण्टा अक्सिजन राख्छ। अहिले धेरै सरकारी एजेन्सीहरू, अमेरिकी–क्यानडा नौसेना बल र व्यावसायिक रूपमा गहिरो समुद्रमा जाने कम्पनीहरूले यो पनडुब्बीको खोजी गरिरहेका छन्।

Missing Titanic sub: Who is the wealthy Pakistani businessman on board the vessel? - News | Khaleej Times

टुर कम्पनी ओशनगेटको यो सानो पनडुब्बीमा पाइलटसहित पाँच जना सवार थिए । यस पनडुब्बीमा पाकिस्तानका अर्बपति व्यापारी प्रिन्स दाउद र उनका छोरा सुलेमान र बेलायती व्यापारी हमिस हार्डिङ पनि रहेका छन् । यात्रामा निस्कनु अघि हार्डिङले सामाजिक सञ्जालमा पोस्ट गरेका थिए– ‘म टाइटानिकको भग्नावशेषको अभियानको हिस्सा हुँ भन्न पाउँदा गर्व लाग्छ’।

प्रिन्स दाउदको बारेमा भनिएको छ कि उनी पाकिस्तानको सबैभन्दा धनी परिवार मध्ये एक हुन्। उनी एसईटीआई संस्थानका ट्रस्टी पनि हुन्। पनडुब्बीका पाइलटको नाम पल हेनरी हो र उनी फ्रान्सका बासिन्दा हुन् ।

न्यूयोर्क टाइम्सका अनुसार यो पनडुब्बीमा यात्रा गर्न पर्यटकले ३ करोड ६४ लाखभन्दा बढी शुल्कण्तिर्नुपर्ने हुन्छ । यो यात्रा न्यू फाउन्डल्याण्डको सेन्ट जोन्सबाट सुरु हुन्छ। टाइटानिकको भग्नावशेषसम्म पुग्न र निस्कन आठ घण्टा लाग्थ्यो।

ओसेन्गेटको वेबसाइटका अनुसार कम्पनिका  तीनवटा पनडुब्बी छन् तर टाइटानिकको भग्नावशेषसम्म पुग्न टाइटन मात्र सक्षम छ। यस पनडुब्बीको तौल १० हजार ४३२ किलोग्राम रहेको र कम्पनीको वेवसाइटका अनुसार सो पनडुब्बी १३ हजार १०० फिटको गहिराइमा पुग्न सक्छ । यो पनडुब्बीमा पाँच यात्रुका लागि ९६ घण्टा जीवन बचाउने अक्सिजन छ। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार