श्रावण ४, २०८२ आइतबार July 20, 2025

साओमीको सस्तो स्मार्ट टिभी सार्वजनिक

चिनियाँ बजारमा यो स्मार्ट टिभीको मूल्य ७९९ युआन (साढे १४ हजार रुपैयाँ)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः साओमीले आफ्नो सस्तो स्मार्ट टिभी ‘साओमी टिभी ईए४३’ (Xiaomi TV EA43) सार्वजनिक गरेको छ । थोरै बेजल्स सहित मेटल कभर भएको यो फुल स्क्रिन टिभी हो । ४३ इन्चको यो टिभीको स्क्रिन र बडीको रेसियो ९६.७ प्रतिशत रहेको छ ।

यसमा ४ कोरको ६४ बिट सीपीयु प्रयोग गरिएको जसमा २.४ गिगाहर्ज र ५ गिगाहर्जको डुअल-ब्यान्ड वाइफाइ उपलब्ध छ । त्यस्तै गुणस्तरीय आवाजको लागि ८ वाटको दुईओटा स्पिकर राखिएको छ ।

यो टिभीमा दु्ईओटा यूएसबी पोर्ट, दुई एचडीएमआई पोर्ट, एक एभी पोर्ट, एक वायर्ड नेटवर्क पोर्ट, एउटा एन्टेना पोर्ट र एउटा पीडीआईएफ पोर्ट उपलब्ध छ ।

कम्पनीले यो टिभीमा टिभी ३.० को लागि आवश्यक मयूआई उपलब्ध गराएको छ जसले स्मार्ट होम मोड र अफिस मोडलाई पनि सपोर्ट गर्छ ।

हाल यो टिभी चिनियाँ बजारको लागि मात्र सार्वजनिक गरिएको छ । चाँडै नै विश्वबजारमा पनि उपलब्ध गराइने अपेक्षा गरिएको छ । यद्यपि यस विषयमा कम्पनीले भने कुनै जानकारी दिएको छैन । चिनियाँ बजारमा यो स्मार्ट टिभीको मूल्य ७९९ युआन (साढे १४ हजार रुपैयाँ) तोकिएको छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार