श्रावण ४, २०८२ आइतबार July 20, 2025

सुडानको डार्फरमा ‘निर्मम हत्या’ रोक्न संयुक्त राष्ट्रसङ्घको आग्रह

चाडसँग सीमा जोडिएको विशाल पश्चिमी क्षेत्र डार्फरमा सबैभन्दा घातक हिंसा भड्किएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः संयुक्त राष्ट्रसङ्घले पश्चिम डार्फर राज्यको राजधानी एल जेनेनाबाट भागेर आएका मानिसहरूको अर्धसैनिक बलको सहयोगमा अरब मिलिसियाले गरेको ‘निर्मम हत्या’ रोक्न तत्काल कदम चाल्न शनिबार आग्रह गरेको छ ।

अब्देल फतह अल बुरहानको नेतृत्वमा रहेको सुडानी सेना दुई महिनाभन्दा बढी समयदेखि उहाँका पूर्व डेपुटी मोहमद हमदान डग्लोको नेतृत्वमा रहेको अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सेज (आरएसएफ) सँग लडिरहेको छ ।

चाडसँग सीमा जोडिएको विशाल पश्चिमी क्षेत्र डार्फरमा सबैभन्दा घातक हिंसा भड्किएको छ जहाँ द्वन्द्वले ‘जातीय आयाम’ लिएको संयुक्त राष्ट्रसङ्घले चेतावनी दिएको छ ।

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार कार्यालयकी प्रवक्ता रविना शमदासानीले एक विज्ञप्ति जारी गर्दै भन्नुभयो, “हामी यस प्रकारका निर्मम हत्याका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दछौं र यसलाई रोक्न तत्काल कदम चाल्न आग्रह गर्दछौं ।”

“एल जेनेनाबाट भागेका मानिसहरूलाई सुरक्षित मार्गको ग्यारेन्टी गरिनुपर्दछ र मानवीय एजेन्सीहरूलाई मारिएकाहरूको अवशेष सङ्कलन गर्न त्यस क्षेत्रमा प्रवेश गर्न अनुमति दिनुपर्छ,” उहाँले थप्नुभयो ।

जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार कार्यालयले चाडबाट भागेका मानिसहरूले ’¥र्यापिड सपोर्ट फोर्सेजद्वारा समर्थित सशस्त्र ‘अरब’ लडाकूले एल जेनिनाबाट पैदलै भाग्ने मानिसहरूलाई मारेको डरलाग्दो विवरण दिएको बताएको छ ।”

प्रत्यक्षदर्शीहरूले गैर–अरब मसालित समुदायका मानिसहरूलाई लक्षित गरेर अरब लडाकूको ‘पुष्टि गर्ने विवरणहरू’ दिएका थिए ।

“सवालमासहभागी सबैले सडकमा छरिएर रहेका शव र सडेगलेको दुर्गन्ध देखेको पनि बताएका छन्,” विज्ञप्तिमा भनिएको छ ।

चाडसँग जोडिएको सुडानको सीमाबाट करिब १० किलोमिटर टाढा रहेको शुक्री भनिने क्षेत्रमा दर्जनौं शव देखेपछि धेरैले आक्रमणबारे बोलेका थिए ।

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार कार्यालयले अन्तर्वार्ता लिएका १६ जनामध्ये दुई जनाबाहेक सबैले गत जुन १५ देखि १६ को बीचमा एल जेनिनादेखि सीमासम्मको सडकमा ‘हत्या’ गरेको र सर्वसाधारणलाई निशाना बनाइएको देखेको बताएको छ ।

संयुक्त राज्य अमेरिकाले गत हप्ता एल जेनिनामा एक हजार १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको बताएको थियो ।

संयुक्त राष्ट्रसङ्घीय अधिकार कार्यालयले जारी गरेको विज्ञप्तिमा एल जेनिना ‘बस्न अयोग्य’ भएको र आवश्यक पूर्वाधारहरू ध्वस्त भएको र शहरमा सहायताको आवागमन अवरुद्ध भएको उल्लेख गरिएको छ ।

यसले आरएसएफ नेतृत्वलाई ‘तत्काल, स्पष्ट रूपमा निन्दा गर्न र एल जेनिनाबाट भागेका मानिसहरूको हत्या रोक्न’ आह्वान गरेको छ ।

“हत्या र अन्य हिंसाका लागि जिम्मेवार व्यक्तिहरूलाई जवाफदेही बनाउनुपर्छ,” विज्ञप्तिमा भनिएको छ ।  “हामी चाड र एल जेनिनाबीच तत्काल मानवीय करिडोर स्थापना गर्न र द्वन्द्वबाट प्रभावित क्षेत्रहरूबाट नागरिकहरूको लागि सुरक्षित मार्ग स्थापना गर्न आग्रह गर्दछौं ।” रासस/ सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार