श्रावण ४, २०८२ आइतबार July 20, 2025

अमेजनमा ४ बालबालिकाको उद्धार गर्ने टोलीलाई राष्ट्रिय सम्मान, कुकुरको शालिक बनाइने

अमेजनको जंगलबाट ४० दिनपछि ४ बालबालिकाको उद्धार गर्ने सेनाका जवानलाई कोलम्बिया सरकारको सम्मान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अमेजनको जंगलबाट ४० दिनपछि ४ बालबालिकाको उद्धार गर्ने सेनाका जवानलाई कोलम्बिया सरकारले सम्मान गरेको छ ।

यस उद्धार अभियानलाई अपरेशन होप नाम दिइएको थियो र यसमा संलग्न सैनिक र अन्य सदस्यहरूलाई ‘अर्डर अफ बोयाका’  नामक अवार्ड दिइएको थियो। यो कोलम्बियाका नागरिकहरूलाई दिइने उच्च डिग्री र सशस्त्र बलहरूलाई सम्मानित दोस्रो उच्च डिग्री हो।

अवार्ड दिने क्रममा राष्ट्रपति गुस्ताभो पेट्रोले भने-पदक त एउटा प्रतीक मात्र हो । वास्तविक पुरस्कार जीवन हो र यी उद्धारकर्मीहरूले प्रमाणित गरेका छन्। उद्धारकर्मीहरूले बालबालिकाको समुदायलाई अपरेशनमा सामेल गरे र हामी कसरी एकजुट भएर धेरैको ज्यान बचाउन सक्छौं भनेर प्रमाणित गरे।

उनले भने– अहिले पश्चिमी वा परम्परागत चलन कुन राम्रो भन्नेमा विवाद बाँकी छैन । दुवै विचारधाराले मिलेर यी बालबालिकालाई उद्धार गरेर घर ल्याएका छन् ।

यस कार्यमा संलग्न सेनाको स्निफर डग विल्सनलाई पनि सम्मान गरिएको थियो । यो कुकुर जंगलबाट बालबालिकाको उद्धार गरेर अमेजनमा हराएको थियो । फेला पार्न अपरेसन पनि सुरु गरिएको छ । तर, कोलम्बियाका एक सैन्य अधिकारीले भने– अहिले विल्सन फेला नपरोस् भन्ने डर छ ।

उद्धार कार्यका प्रमुख जनरल पेड्रो सान्चेजले ६ वर्षीय डग विल्सनको विरासतको सम्झनामा स्मारक निर्माण गरिने बताए ।

अमेजन जंगलमा प्लेन दुर्घटना हुदाँँ हराएका ४ जना बालबालिकालाई ४० दिन पछि जिवितै भेटिएको थियो, जसले संसारलाई नै चकित पारिएको थियो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार