श्रावण ३, २०८२ शनिबार July 19, 2025

सिरिजङ्घामा कक्षा ११ र १२ शिक्षा निःशुल्क

कक्षा १ देखि कक्षा ५ सम्म अध्ययन गर्ने प्रत्येक विद्यालयका विद्यार्थीलाई हरेक वर्ष पोसाक र विद्यालय झोला वितरण गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले कक्षा ११ र कक्षा १२ मा अध्ययन गर्ने सबै विद्यार्थीलाई निःशुल्क पठनपाठनको व्यवस्थालाई निरन्तरता दिएको छ ।

गाउँपालिकाभित्रका प्रत्येक सामुदायिक विद्यालयमा अध्ययन गर्ने उक्त कक्षाका विद्यार्थीलाई निःशुल्क रुपमा पठनपाठनको व्यवस्थालाई निरन्तरता दिने गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानले बताए ।

यस्तै पालिकाभित्रका आठ वटै वडाका सामुदायिक विद्यालयबाट माध्यामिक शिक्षा परीक्षा (एसइई) मा सर्वोत्कृष्ट नतिजा ल्याउने चार विद्यार्थीलाई प्राविधिक वा अप्राविधिक विधामा प्रविणता प्रमाणपत्र वा सो सरहको शिक्षामा समेत छात्रवृत्ति दिने कार्यक्रमलाई निरन्तरता दिने गाउँपालिकाले जनाएको छ ।

सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना दरसमेत अभिवृद्धि गर्ने उद्देश्यले कक्षा १ देखि कक्षा ५ सम्म अध्ययन गर्ने प्रत्येक विद्यालयका विद्यार्थीलाई हरेक वर्ष पोसाक र विद्यालय झोला वितरण गर्नेसमेत जनाइएको छ । यस्तै ‘प्रविधिमैत्री कक्षा, आजको आवश्यकता’ भन्ने नाराका साथ माध्यामिक विद्यालयमा सेवा करार कार्यविधि अनुसार कम्प्युटर शिक्षकको व्यवस्था गरी कम्प्युटर कक्षा सञ्चालन गर्ने गाउँपालिकाको योजना छ ।

उक्त कार्यक्रमलाई गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समेत समेटेर लगिएको र क्रमशः निरन्तरता दिँदै लैजाने गाउँपालिकाले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार