श्रावण ४, २०८२ आइतबार July 20, 2025

फ्रान्समा युवकको हत्यापछि दंगा, ४० गाडीमा आगजनी

घटनाको भिडियो भाइरल भएपछि आक्रोशित जनता सडकमा उत्रिएर ४० गाडीमा आगजनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः फ्रान्सको राजधानी पेरिसको उपनगरीय क्षेत्र नान्तेरेमा एक १७ वर्षीय युवकलाई प्रहरीले अनियमित रूपमा गाडी चलाएको आरोपमा गोली हानेर हत्या गरेको छ । सो घटनालाइ लिएर त्यसपछि यहाँ दंगा भड्किएको छ । जुन दंगाका कारण ४० सवारी साधनमा आगजनी भएको छ भने २० जना घाइते भएका छन् ।

केही रिपोर्टका अनुसार ती युवक एक अरब देशको मूल निवासी थियो। उनीसँग ड्राइभिङ लाइसेन्स थिएन र प्रहरीले रोकेपछि उनले भाग्ने प्रयास गरेका थिए ।

दुई पुलिस अधिकारीहरूले नान्तेरेको सडकमा पहेंलो कार रोके। यसको ड्राइभिङ सिटमा व्यक्तिसँग अन्तरक्रिया गरियो। यसै क्रममा केही बहस पनि भयो । एक प्रहरी अधिकृतले पेस्तोल निकालेर चालकको टाउकोमा गोली हाने । चालकले कारलाई तीव्रता दिएका थिए, जुन केही टाढा गएपछि दुर्घटनामा परेको थियो। चालकको घटनास्थलमै मृत्यु भएको थियो ।

केही मिडिया रिपोर्टहरूले कार चालक १८ वर्षका थिए तर उनीसँग ड्राइभिङ लाइसेन्स थिएन  केही अन्य मिडिया रिपोर्टका अनुसार प्रहरीले लामो दूरीसम्म यो कारलाई पछ्यायो र साँघुरो बाटोमा रोक्यो। रोकेपछि अधिकारीले गोली हानेपछि उनी भाग्न खोजेका थिए ।

गोली लागेपछि पनि भाग्न खोजे र करिब २०० मिटर टाढा गएपछि कार पर्खालमा ठोक्किएर दुर्घटनामा परेको थियो । ३८ वर्षीय प्रहरी अधिकृतलाई निलम्बन गरेपछि उनलाई पनि पक्राउ गरिएको थियो । राष्ट्रपति इमानुएल म्याक्रोनले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

घटनाको भिडियो भाइरल भएपछि आक्रोशित जनता सडकमा उत्रिएका छन् । उनीहरुले करिब ४० गाडीमा आगजनी गरेका छन् । अन्य केही सामानमा आगो लगाएको भिडियो पनि बाहिर आएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार