श्रावण ४, २०८२ आइतबार July 20, 2025

फ्रान्सको हिंसा बेल्जियम पुग्यो, फ्रान्सेली राष्ट्रपतिको जर्मन भ्रमण स्थगित

राष्ट्रपति इमानुएल म्याक्रोनले बेलायती गायक एल्टन जोनको कन्सर्टको मजा लिइरहेको भिडियो सार्वजनिक भए पछि उनको ब्यापक आलोचना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः फ्रान्समा १७ वर्षीय बालक नाहेलको हत्याको पाँचौ दिनसम्म पनि हिंसा जारी छ ।

जसका कारण राष्ट्रपति इमानुएल म्याक्रोनले आफ्नो जर्मनी भ्रमण स्थगित गरेका छन् । उनले जर्मन राष्ट्रपति फ्रान्क-वाल्टर स्टाइनमेयरसँग कुरा गरेपछि आफ्नो भ्रमण स्थगित भएको घोषणा गरे। उनी आइतबारदेखि तीन दिने जर्मनी भ्रमणमा जाँदै थिए ।

अर्कोतर्फ फ्रान्समा फैलिएको हिंसा बेल्जियमसम्म पुगेको छ। त्यहाँ भएका हिंसाहरूको तस्विर र भिडियोहरू सामाजिक सञ्जालमा देखिन थालेका छन् ।

राष्ट्रपति इमानुएल म्याक्रोनले बेलायती गायक एल्टन जोनको कन्सर्टको मजा लिइरहेको भिडियो सार्वजनिक भए पछि उनको ब्यापक आलोचना भइरहेको छ । सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले यसलाई राष्ट्रपतिको गैरजिम्मेवारपूर्ण व्यवहार भनेका छन् । सीएनएनका अनुसार बुधवार पेरिसमा एल्टनको कन्सर्ट थियो। म्याक्रोन त्यहाँ आफ्नी पत्नीसँग देखा परेका थिए।

एल्टनका पतिले म्याक्रोनसँग स्टेज पछाडि खिचिएको फोटो पनि पोस्ट गरे पछि राष्ट्रपतिको ब्यापक आलोचना सुरू भएको हो ।

आन्तरिक मन्त्री गेराल्ड डार्मानिनले प्रदर्शनकारीले हालसम्म देशभर २ हजारभन्दा बढी कार जलाएका छन् । प्रदर्शनमा दुई सयभन्दा बढी प्रहरी घाइते भएका छन् भने प्रदर्शनकारीहरूले सात सयभन्दा बढी पसल, सुपरमार्केट, रेष्टुरेन्ट र बैंकमा आगजनी र तोडफोड गरेका छन् । चौथो दिन प्रहरीले १३ सय आन्दोलनकारीलाई पक्राउ गरेको छ । न्याय मन्त्री एरिक डुपोन्ट मोरेट्टीले भने, ‘पक्राउ परेका मध्ये ३० प्रतिशत १८ वर्ष मुनिका छन् ।

रोयटर्सका अनुसार स्थिति नियन्त्रण गर्न सडकमा ४५ हजार प्रहरीसहित सशस्त्र सवारीसाधन तैनाथ गरिएको छ। अल्जेरियन मुलका एक किशोरलाइ ट्रापफिक प्रहरीले नियन्त्रणमा लिएर गोली चलाए पछि फ्रान्समा हिंसा फैलिएको हो । जुन अझै जारी छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच छलफल
२०८२ श्रावण ४, आइतबार
तेस्रो ताप्लेजुङ गोल्डकप फुटबलमा भारतसहित आठ टोलीको सहभागिता
२०८२ श्रावण ४, आइतबार
पूर्वमधेस प्रदेश प्रमुख ‘अहिराज’ बालिका बलात्कार अभियोगमा काठमाडौंबाट पक्राउ
२०८२ श्रावण ४, आइतबार
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार