श्रावण ४, २०८२ आइतबार July 20, 2025

सिचुआनमा भारी वर्षाका कारण ४ लाख ६० हजारभन्दा बढी प्रभावित

८५ हजारभन्दा बढी स्थानीय बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा भारी वर्षाका कारण ४ लाख ६० हजारभन्दा बढी मानिस प्रभावित भएका छन् ।

प्रान्तीय बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयले मङ्गलबार जनाए अनुसार सो प्रान्तका ८५ हजारभन्दा बढी स्थानीय बासिन्दाहरूलाई सावधानीका रूपमा सुरक्षित स्थानमा सारिएको छ।

भारी वर्षाको समयमा जनताको जीवन रक्षा गर्न प्रान्तीय बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयले सामाजिक सञ्जाल प्लेटफर्म र आफ्नो वेबसाइट मार्फत जनतालाई पूर्व चेतावनी पठाएको छ। साथै गस्ती कार्य र वास्तविक-समय वर्षाको अनुगमनलाई पनि चुस्त बनाएको बताइएको छ ।

George municipality battles power cuts, water outage in aftermath of floods

यसअघि सिचुआनले २६ वटा काउन्टी-स्तर क्षेत्रहरू समावेश गर्दै बाढीको उच्च जोखिम रहेको भन्दै पहेंलो चेतावनी जारी गरेको छ । साथै चीनले भूवैज्ञानिक प्रकोपहरू जनाकारी सम्प्रेषण गर्न चार किसिमका रङ्ग-कोड गरिएको मौसम चेतावनी प्रणाली विकास गरेको छ ।

सो प्रणाली अन्तर्गत रातोले सबैभन्दा गम्भीर चेतावनीको प्रतिनिधित्व गर्छ भने त्यसपछि सुन्तला, पहेंलो र नीलो रङ्गले क्रमशः कम खतराको प्रतिनिधित्व गर्छ । रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच छलफल
२०८२ श्रावण ४, आइतबार
तेस्रो ताप्लेजुङ गोल्डकप फुटबलमा भारतसहित आठ टोलीको सहभागिता
२०८२ श्रावण ४, आइतबार
पूर्वमधेस प्रदेश प्रमुख ‘अहिराज’ बालिका बलात्कार अभियोगमा काठमाडौंबाट पक्राउ
२०८२ श्रावण ४, आइतबार
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार