श्रावण ४, २०८२ आइतबार July 20, 2025

आतङ्कवादी आक्रमणको योजना बनाएको आरोपमा सात जना पक्राउ

सातै जना अभियुक्त लगभग एकै समयमा जर्मनी आएको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : जर्मन प्रहरीले इस्लामिक स्टेट (आईएस) समूहबाट प्रेरित भई जर्मनीमा आतङ्कवादी हमलाको योजना बनाएको आरोपमा बिहीबार सात जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका मध्य एसियाका ती पुरुष केही समयदेखि  एकआपसमा परिचित रहेका तथा उनीहरूले पारस्परिक सम्पर्कलाई  बढाउँदै कट्टरपन्थी इस्लामिक विचारधारा साझा गरेका  सङ्घीय अभियोजकको कार्यालय बताएको छ ।

Shin Bet nabs 7 members of Hamas cell said planning bombing and shooting  attacks | The Times of Israel

सन् २०२२ को प्रारम्भमा युक्रेनमा युद्ध सुरु भएको केही समयपछि उनीहरू जर्मनी आएका हुन् । सातै जना अभियुक्त लगभग एकै समयमा जर्मनी आएका बताइएको छ ।

नेदरल्याण्ड्समा पक्राउ परेका अर्को संदिग्धसँग सातै जनाले सम्पर्क स्थापना गरेर  आतङ्ककारी आक्रमण  गर्ने उद्देश्यका साथ एउटा सानो समूह गठन गरेका थिए ।

उनीहरूले जर्मनीको कुन स्थानमा आक्रमण गर्ने भन्ने निर्णय नगरे पनि घातक हतियार प्राप्तिको भरमग्दुर प्रयास गरेका  अभियोजनकर्ताहरूले बताएका छन् । एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच छलफल
२०८२ श्रावण ४, आइतबार
तेस्रो ताप्लेजुङ गोल्डकप फुटबलमा भारतसहित आठ टोलीको सहभागिता
२०८२ श्रावण ४, आइतबार
पूर्वमधेस प्रदेश प्रमुख ‘अहिराज’ बालिका बलात्कार अभियोगमा काठमाडौंबाट पक्राउ
२०८२ श्रावण ४, आइतबार
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार