श्रावण ४, २०८२ आइतबार July 20, 2025

फेसबुकलाइ मुद्धा हाल्ने एलन मस्कको धम्की

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सामाजिक सञ्जाल बजारमा संघर्षरत माइक्रो-ब्लगिङ प्लेटफर्म ट्विटरलाई हराउन मेटाले लन्च गरेको एप थ्रेड्स सुरु भएको केही घण्टापछि नै कानुनी पेचिलोमा फसेको छ। थ्रेड्स, जसले यसको सुरुवात पछि ३० मिलियन भन्दा बढी प्रयोगकर्ताहरू समेटेन सफल भएकाे थियाे, प्रतिद्वन्द्वी कम्पनीले थ्रेड्सले ट्विटरको ‘बौद्धिक सम्पत्ति अधिकार’ को उल्लङ्घन गरेको भन्दै मुद्दा चलाउने धम्की दिएको छ।

अर्बपति व्यापारी एलोन मस्कका वकिल एलेक्स स्पिरोले मेटाका सीईओ मार्क जुकरबर्गलाई पत्र लेखेका छन् र उनीमाथि ‘ट्विटरको व्यापार गोप्य र अन्य बौद्धिक सम्पत्तिको गैरकानूनी दुरुपयोग गरेको’ आरोप लगाएका छन्। यो पत्र पहिलो पटक ‘सेमाफोर’ पत्रिकाले प्रकाशित गरेको थियो ।

पत्रमा मेटाले दर्जनौं भूतपूर्व ट्विटर कर्मचारीहरूलाई काममा लिएको आरोप लगाएको थियो, जसको ‘ट्विटर व्यापार गोप्य र अन्य अत्यधिक गोप्य जानकारीहरूमा पहुँच थियो ।’

एलेक्स स्पिरोले पत्रमा लेखे, “ट्विटरले आफ्नो बौद्धिक सम्पत्ति अधिकारलाई कडाइका साथ कायम राख्न चाहन्छ, र मेटालाई ट्विटरको व्यापार गोप्य वा अन्य अत्यधिक गोप्य जानकारी प्रयोग गर्न रोक्नको लागि तत्काल कदम चाल्न आग्रह गर्दछ ।’

इलोन मस्कले सोही समाचारलाई उद्धृत गर्दै ट्वीटको जवाफ दिए, “प्रतिस्पर्धा ठीक छ, बेईमानी होइन्।’

मेटाले आफ्नो प्रतिरक्षामा दावी गरेको छ कि थ्रेड्स ईन्जिनियरिङ् टोलीमा कुनै पनि पूर्व ट्विटर कर्मचारीहरू छैनन्।

मेटाका प्रवक्ता एन्डी स्टोनले थ्रेड्सको पोस्टमा भने, “थ्रेड्स इन्जिनियरिङ् टोलीमा कोही पनि पूर्व ट्विटर कर्मचारी छैनन्, त्यहाँ कहिल्यै उनीहरू रहेका छैनन्”

एलोन मस्कको स्वामित्वमा रहेको ट्विटरका लागि थ्रेड्स अहिलेसम्मकै सबैभन्दा ठूलो चुनौती हो। यसअघि पनि धेरै प्रतिस्पर्धी ट्वीटरको अगाडि आए, संघर्षको सामना गर्नुपर्‍यो तर विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल मध्येको एक ट्वीटरलाई कसैले प्रतिस्थापन गर्न सकेकाे थिएन् ।

इन्स्टाग्राम र फेसबुक पनि मेटाका उत्पादनहरू हुन्, र तिनीहरूसँग इन्टरनेट संसारमा आफ्ना प्रतिस्पर्धीहरूको उत्पादनहरू प्रतिलिपि गर्ने लामो र सफल इतिहास छ। कम्पनीको रिल्स सुविधा टिकटकको भाइरल भिडियो एपको नक्कल थियो, र मेटाले स्न्यापच्याट बजारमा आएपछि गायब हुने स्टोरीज सुविधा प्रस्तुत गर्‍यो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच छलफल
२०८२ श्रावण ४, आइतबार
तेस्रो ताप्लेजुङ गोल्डकप फुटबलमा भारतसहित आठ टोलीको सहभागिता
२०८२ श्रावण ४, आइतबार
पूर्वमधेस प्रदेश प्रमुख ‘अहिराज’ बालिका बलात्कार अभियोगमा काठमाडौंबाट पक्राउ
२०८२ श्रावण ४, आइतबार
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार