श्रावण ४, २०८२ आइतबार July 20, 2025

सुडानमा सेनापतिबीच जारी द्वन्द्व कायमै : हवाई आक्रमणमा परी २२ जनाको मृत्यु

खार्तुमको छिमेकी सहर ओमदुरमानको आवासीय क्षेत्रमा हवाई आक्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सुडानका दुई प्रतिद्वन्द्वी सेनापतिबीच जारी द्वन्द्वका बीच भएको हवाई आक्रमणमा २२ जनाको ज्यान गएको छ ।

समाचार एजेन्सी एसोसिएटेड प्रेस (एपी)ले स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै यो जानकारी दिएको हो। उसका अनुसार राजधानी खार्तुमको छिमेकी सहर ओमदुरमानको आवासीय क्षेत्रमा हवाई आक्रमण भएको हो । देशमा जारी द्वन्द्वका बीच राजधानी नजिकै भएको यो सबैभन्दा घातक हमला हो।

प्रत्यक्षदर्शीसँग कुरा गर्दै बीबीसीले ज्यान गुमाउनेमा महिला र बालबालिका पनि रहेको बताए । उही समयमा र्यापिड सपोर्ट फोर्स (आरएसएफ) ले ज्यान गुमाउनेको संख्या ३१ रहेको बताएको छ।

Like hell': Sudan airstrike kills 22 as fight between rival generals  continues - India Today

समाचार अनुसार सुडानमा देशको सेना र अर्धसैनिक बल (र्यापिड सपोर्ट फोर्स) बीच विगत केही दिनदेखि घातक द्वन्द्व चलिरहेको छ, जसमा मानिसहरूले लगातार ज्यान गुमाइरहेका छन्।

सुडानको राजधानी खार्तुम र ओमदुरमानमा आरएसएफको नियन्त्रण छ। १२ साताभन्दा लामो समयदेखि जारी आन्दोलनका कारण जनताले धेरै समस्या भोग्दै आएका छन् । पसल, बजार र औषधि पसल पनि दिनको अधिकांश समय बन्द रहन्छन् । बीबीसीको एक रिपोर्ट अनुसार देशमा द्वन्द्वका कारण ३० लाख मानिसले आफ्नो घरबार छोड्नु परेको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच छलफल
२०८२ श्रावण ४, आइतबार
तेस्रो ताप्लेजुङ गोल्डकप फुटबलमा भारतसहित आठ टोलीको सहभागिता
२०८२ श्रावण ४, आइतबार
पूर्वमधेस प्रदेश प्रमुख ‘अहिराज’ बालिका बलात्कार अभियोगमा काठमाडौंबाट पक्राउ
२०८२ श्रावण ४, आइतबार
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार