श्रावण ३, २०८२ शनिबार July 19, 2025

एसइईको पूरक ग्रेडवृद्धि परीक्षा साउन २६ र २७ गते

ग्रेड ‘सी’ वा ‘सी’भन्दा कम स्थान प्राप्त गरेकाहरूले ग्रेड वृद्धि परीक्षामा सामेल हुन पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक (ग्रेडवृद्धि) परीक्षा २६ र २७ साउनमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा नियन्त्रण कार्यालयले सो मितिमा परीक्षा सञ्चालन गर्ने निर्णय गर्दै विद्यार्थी तथा अभिभावकलाई जानकारी गराएको हो ।

बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार अन्तिम ग्रेड ‘सी’ वा ‘सी’भन्दा कम स्थान प्राप्त गरेकाहरूले ग्रेड वृद्धि परीक्षामा सामेल हुन सक्नेछन् । त्यस्तै, दुई विषयसम्म अनुपस्थित भएका परीक्षार्थीले पनि पूरक परीक्षामा भाग लिन सक्नेछन् ।

‘२१ गतेसम्म फाराम भरिसक्नुपर्नेछ,’ उनले भने, ‘नतिजा छिटो सार्वजनिक हुने गरी ग्रेड वृद्धि परीक्षा सञ्चालन हुन्छ ।’ सो फाराम सम्बन्धित विद्यालयबाट शिक्षा विकास तथा समन्वय एकाइमा बुझाउनुपर्नेछ । गत १७ देखि २९ चैतसम्म सञ्चालन गरिएको एसइईको नतिजा २१ असारमा सार्वजनिक भएको थियो । बोर्डका अनुसार २२ हजार चार सय ७५ विद्यार्थीले उच्च जिपिए ‘ए प्लस’ ल्याएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार