श्रावण ४, २०८२ आइतबार July 20, 2025

अमेरिकामा अवतरण हुनुअघि नै विमान दुर्घटना, ६ जनाकाे मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः क्यालिफोर्निया एयरपोर्ट नजिकैको एउटा मैदानमा एउटा सानो विमान दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ ।

अमेरिकी संघीय उड्डयन प्रशासनका अनुसार दुर्घटना लस एन्जलसबाट करिब १३० किलोमिटर दक्षिणपूर्वमा रहेको मुरिएटामा बिहान ४:१५ बजे भएको थियो। यस दुर्घटनामा भएको आगलागीका कारण करिब एक एकडमा लगाएका रुख तथा बोटबिरुवा पनि जलेर खरानी भएको छ ।

उक्त विमानमा सवार सबैको घटनास्थलमै मृत्यु भएको थियो । मृतकहरुको अझै सनाखत हुन सकेको छैन । रिभरसाइड काउन्टी फायर डिपार्टमेन्टका अनुसार आगो निभाउन अग्नि नियन्त्रकहरूलाई एक घण्टाभन्दा बढी समय लागेको थियो। आगलागीले यो व्यवसायिक जेट पूरै जलेको थियो। यस दुर्घटनाका कारण फ्रेन्च भ्याली एयरपोर्ट नजिक केही क्षति भएको जानकारी आएको छ ।

अमेरिकाको संघीय नागरिक उड्डयन विभागले राष्ट्रिय यातायात सुरक्षा बोर्डको टोलीसँग यस हवाई दुर्घटनाको अनुसन्धान गरिरहेको छ। सिएननकाे रिपोर्ट अनुसार सेस्ना सि ५५० विमान लस भेगासबाट क्यालिफोर्निया जाँदै थियो। विमान लस भेगासको ह्यारी रीड अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ३.१५ बजे उडेको थियो, जुन क्यालिफोर्नियाको मुरिएटा विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको थियो ।

राष्ट्रिय यातायात सुरक्षा बोर्डका अन्वेषकहरूले पाइलटले विमान अवतरण गर्ने प्रयास गरिरहेको बताए। अचानक धुलोको तह जताततै फैलियो, जसका कारण पाइलटलाई कम भिजिबिलिटी हेर्न समस्या हुन थाल्यो । यस क्रममा पाइलटले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) लाई आफ्नो मिस अप्रोच प्रक्रियाको बारेमा जानकारी दिएका थिए ।

यो सामान्यतया रन वे नदेखिने र पछि पाइलटले विमान अवतरण गर्ने प्रयास गर्दा हुन्छ। त्यसपछि एटीसीले पाइलटलाई अर्को अवतरण प्रयासलाई अनुमोदन गरेको थियो तर धावनमार्गभन्दा ५०० फिट अगाडि दुर्घटनाग्रस्त भयो। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षा नतिजा सार्वजनिक, १० हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच छलफल
२०८२ श्रावण ४, आइतबार
तेस्रो ताप्लेजुङ गोल्डकप फुटबलमा भारतसहित आठ टोलीको सहभागिता
२०८२ श्रावण ४, आइतबार
पूर्वमधेस प्रदेश प्रमुख ‘अहिराज’ बालिका बलात्कार अभियोगमा काठमाडौंबाट पक्राउ
२०८२ श्रावण ४, आइतबार
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार