काठमाडौंः एनएमबी बैंकको मोबाइल बैकिङ एपबाट अन्य बैंकको खातामा कारोबार गर्दा शुल्क नलाग्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै यस विषयमा जानकारी दिएको हो ।
हाल कुनै पनि बैंकको मोबाइल बैंकिङ एपबाट अर्को बैंकको खातामा रकम पठाउँदा १० रुपैयाँ शुल्क लाग्छ। तर एनएमबी बैंको मोबाइल बैकिङ एप ‘ईएनएमबी’ एपबाट अन्तर बैकिङ रकम कारोबार नि:शुल्क गर्न सकिने भएको छ ।
बैंकका अनुसार यो अफर असार र श्रावण महिनाको लागि मात्र लागू हुनेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया