श्रावण ३, २०८२ शनिबार July 19, 2025

प्रश्नपत्र बाहिरिएपछि नर्सिङको सबै नतिजा स्थगित

प्रश्नपत्र बाहिर लैजाने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल नर्सिङ काउन्सिलको नाम दर्ता (लाइसेन्स) परीक्षाको प्रश्नपत्र बाहिरिएको छ ।

नर्सिङ काउन्सिलले शनिबार लिएको परीक्षामा सिद्धार्थ वनस्थली स्कुलमा रहेको परीक्षा केन्द्रबाट तीन जना विद्यार्थीले प्रश्नपत्र खिचेर बाहिर पठाएको भन्दै सम्पूर्ण परीक्षाफल प्रकाशन हाललाई स्थगित गरिएको छ ।

काउन्सिलका अध्यक्ष सरला केसीका अनुसार प्रश्नपत्र बाहिर लैजाने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु छ । उनले उक्त प्रश्नपत्र फेसबुकको समूहमार्फत बाहिर गएको जानकारी दिँदै यस विषयमा प्रहरीको साइबर ब्युरोबाट अनुसन्धान भइरहेको र त्यसको अनुसन्धानपछि मात्र परीक्षाफल प्रकाशित गर्नेबारे निर्णय लिइने बताए । पक्राउ परेका तीन जनालाई म्याद थप गरी अनुसन्धान गरिने जानकारी उनले दिए ।

प्रहरीले नियन्त्रणमा लिएका तीन जनाले प्रश्नपत्र खिचेर बाहिर पठाउनुका साथै सामाजिक सञ्जालमा हालेका थिए । प्रहरीले परीक्षार्थी पक्राउ गरेपछि काउन्सिलको आकस्मिक बैठकले परीक्षाको नतिजा स्थगन गरेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार