काठमाण्डौः अमेरिकाको क्लिभल्याण्ड सहरको एक नाइटक्लब बाहिर आइतबार बिहान साढे २ बजे गोली चलेको छ।
घटनामा ९ जनालाई गोली लागेको छ, जसमा एक जनाको अवस्था गम्भीर छ। घाइते सबैलाई अस्पतालमा भर्ना गरिएको छ।
घटनाछि आरोपी फरार रहेका र उनको खोजी भइरहेको स्थानीय प्रहरीले बताएको सीएनएनले लेखेकोछ। सीसीटीभी क्यामेराको फुटेजबाट आरोपीको पहिचान भइरहेको जनाइएको छ।
घाइते हुनेहरूमा २३ देखि ३८ वर्षबीचका सात पुरुष र दुई महिला रहेका छन्। घाइतेहरूको घुँडा, खुट्टा र हातमा गोली लागेको समाचारमा उल्लेख छ। एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया