श्रावण ३, २०८२ शनिबार July 19, 2025

नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा विद्यार्थीको घुईचो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः २०७६ सालमा मुगमकामारोङ्ग गाउँपालिका –३ ताखामा स्थापना भएको नेपाल राष्ट्रिय आधारभूत विद्यालय कर्णाली प्रदेशको एक मात्र आवासिय विद्यालय हो ।

कुनै बेला भौतिक संरचना अभाव हुँदा विद्यार्थीहरु एउटै कोठामा बस्न बसेर पठन पाठन गर्न बाध्य थिए ।

सो समय ढुङ्ग र काठको टहराबाट सुरु भएको आवासीय विद्यालय पछिल्लो समयमा भौतिक पूर्वधार निमार्ण हुँदै व्यवस्थित बन्न थालेपछि पढ्न आउर्ने विद्यार्थीको निकै घुईचो लाग्ने गरेको छ ।

संघीय सरकारबाट छाना, प्रदेशर सरकारबाट नाना, स्थानीय सरकारबाट अन्य व्यवस्था गरी मुगुमकामारोङ्गगाउँपालिका भित्र रहेका गरिब, दलित, असाय, विद्यार्थी र समुदायमा शिक्षामा परिवर्तन गरी जिल्ला र देशको शिक्षा क्षेत्रमा सुधार ल्याउन विद्यालय सन्चालन गरिएको हो ।

यो आवासिय विद्यालयमा बिस्तारै भैतिक पूर्वधारहरु जस्तै भैदान, लाईब्रेरी, शौचालय,खानेपानी, विद्युत लगायत खाना, बास बस्न, लता कपडा समेत निशुल्क पाउने भएपछि हिजो आज विद्यार्थीहरुको निकै चाप बढ्दै गएको छ ।

मुगमकामारोङ्ग गाँउपालिकामा रहेका सामुदाय विद्यालयमा कक्षा ५ सम्म अध्यान गरिसके पछि अन्य कक्षा पढ्नको लागि बाहिरी पालिका जिल्ला सदरमुकाम, अन्य जिल्लामापढ्न जानु पर्ने भएको हुँदा विद्यार्थीहरु बिचैमा कक्षा छोड्ने गरेका थिए । तर अहिले सो आवसिया विद्यालयको प्रवद्र्धन भएसँगै विद्यार्थीले पढाइलाई निरन्तरता दिन थालेका हुन् ।

‘स्थापनाका बखत यो विद्यालयको संचालनका लागि निकै कठिनाइहरु थिए । ठूला ढुङ्गाको आड, काठका टहराबाट बाँस, गाँस, पठन पाठन गर्दै आएका थियौँ । पछिल्लो समयमा संधिय सरकारदेखि स्थानीय सरकारको सहयोगमा विद्यालयका भौतिक पूर्वधार बन्दै गएपछि पठन पाठनमा गुणस्तरीय बन्दै गएको छ । कक्षा ४ बाट सुरु गरेको विद्यालय अहिले कक्षा ९ सम्म सन्चालन गरिरहेका छौं । विद्यालयमा हिजो आज छात्रा र छात्र गरि जम्मा ३ सय ४४ जना विद्यार्थी छन्,’ प्रधानध्यापक कुशल बहादुर शाहीले भने।

उता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुवास चन्द्र रावलले पनि पछिल्लो समय भौतिक पूर्वाधारको विकास भएकाले विद्यालयमा विद्यार्थीहरुको आकर्षण बढेको बताए ।

उनले भने, ‘पछिल्लो समयमा विद्यार्थीहरुको अनुपात विगतको भन्दा बढेको छ । भौतिक पूर्वधार निमार्ण भएका छन, छात्रा छात्रहरुको आवास, विद्यालय कोठा, भान्सा, गोदाम घर, शौचालय,खेल मौदान, निमार्ण हुँदै गएपछि निकै सुधार भएको छ । अन्तर विद्यालयमा हुर्ने अतिरिक्त क्रियाकलापमा पनि यो विद्यालय उत्कृष्ट रहँदै आएको छ ।’

प्रदेश सरकारबाट प्रति विद्यार्थी प्रति महिना ४ हजारको दरले १० महिनाको खानाको ब्यावस्था गरेको छ । त्यस्तै संघीय सरकारले छाना अर्थात पूर्वधार भवनको व्यवस्था गरेको छ । त्यस्तैगरी स्थानीय सरकारले स्वास्थ्य सामग्री लता कपडाको व्यवस्था गरेको छ ।

अन्य चौकीदार भान्से लगायत १० जना कर्मचारीहरुकोसमेत व्यवस्था गरिएका गाउँपालिकाका अध्यक्ष छिरीङ्गक्याप्र्ने लामाले बताएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार