काठमाडौंः त्रिभुवन विश्वविद्यालयले एक वर्षपछि स्नातक तह दोस्रो वर्षको परीक्षाफल प्रकाशित गरेको छ । आइतबार त्रिविको परीक्षा नियन्त्रण कार्यलय बल्खुले स्नातक तह दोस्रो वर्षको परीक्षाफल प्रकाशित गरेको हो ।
त्रिविले स्नातक तह दोस्रो वर्षको परीक्षा लिएको झण्डै एक वर्षदेखि परीक्षाफल प्रकाशित भएको थिएन् । जसका कारण विद्यार्थीहरु मर्कामा परेका छन् ।
त्रिविले जनशक्तिलगायतका कारण देखाउँदैं परीक्षाफल प्रकाशनमा ढिलाइ गर्दै आएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया