श्रावण ४, २०८२ आइतबार July 20, 2025

थाई विदेशमन्त्री र नेत्री सुचीबीच हिरासतमा भेटवार्ता

म्यान्मा सङ्कटलाई सम्बोधन गर्न अन्तरराष्ट्रिय दबाबमा आसियान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः थाइल्यान्डका एक  जना वरिष्ठ कूटनीतिज्ञले म्यान्माका अपदस्थ नेत्री आङ सान सुचीलाई गत सप्ताहन्तमा हिरासतमा भेटेको बताउँदै उहाँले द्वन्द्वग्रस्त म्यान्माको सङ्कट समाधानका निम्ति वार्तामा संलग्न हुन खुला रहेको जानकारी दिनुभएको बताएका छन् ।

सन् २०२१ को फेव्रुवरी १ मा सेनाले नेत्री सुचीको निर्वाचित सरकारलाई अपदस्थ गरी सत्ता कब्जामा लिएर उहाँको राजनीतिक दल नेशनल लिग फर डिमोक्रेसीका अन्य अधिकारीलाई हिरासत राखेपछि थाई विदेश मन्त्री डोन प्रमुडविनाइले उहाँलाई पहिलोपटक भेट्नुभएको हो ।

नेत्री सुची पक्राउ परेपछि पहिलोपटक उहाँलाई भेट्ने म्यानमार बाहिरको पहिलो सरकारी अधिकारी थाइ विदेशमन्त्री प्रमुडविनाइ हुनुहुन्छ ।

इन्डोनेसियाको राजधानी जकार्तामा जारी दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसीयान) का विदेशमन्त्रीहरूको बैठकमा थाइल्याण्डका विदेशमन्त्रीले नेत्री सुचीसँगको भेटवार्ताबारे जानकारी दिँदै उहाँको स्वास्थ्यमा कुनै समस्यमा नरहेको बताउनुभयो ।

म्यान्माको वर्तमान सङ्कट समाधानका निम्ति वार्ता हुनुपर्नेमा नेत्री सुचीले जोड दिनुभएको र त्यसनिम्ति आफू तत्पर रहेको बताउनुभएको थाई विदेशमन्त्री प्रमुडविनाइले जानकारी दिनुभयो । ‘म्यान्मा समस्या समाधानको बाटो खोजिरहेको’ नेत्री सुचीले बताउनुभएको उहाँले जानकारी दिनुभयो ।

सेनले सत्ता कब्जा गरेपछि त्यसको सशस्त्र प्रतिरोधमा व्यापक बल प्रयोग हुँदा सयौँले ज्यान गुमाएका छन् देश अराजकतातर्फ उन्मुख भएको छ ।

संयुक्त राज्य अमेरिकाका साथै युरोपेली मुलुकका सरकारले म्यान्माको सैन्य सरकारमाथि प्रतिबन्ध लगाएका छन् । उनीहरूले सुचीसहितका अन्य सबै राजनीतिक बन्दीहरूलाई तत्काल रिहा गर्न माग गर्दै आएका छन्।

म्यान्मा सङ्कटलाई सम्बोधन गर्न अन्तरराष्ट्रिय दबाबमा आसियान रहेको छ । सङ्गठनले म्यान्माका जनरलहरूलाई बैठकहरूमा भाग लिनबाट रोकेको छ । म्यान्मा सङ्कट समाधानका योजनाप्रति उसले बेवास्ता गरेकाले सङ्गठनले म्यान्मालाई बैठमा सहभागी हुनबाट रोकेको हो ।

म्यान्माका सैनिक शासकले आसियानलाई एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने आधारभूत सिद्धान्तहरू उल्लङ्घन गरेको आरोप लगाएका छन् ।  आसियान नेताहरूले पाँच–बुँदे शान्ति योजना कार्यान्वयन गर्न आह्वान गरेका छन् । रासस/एपी 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार