श्रावण ४, २०८२ आइतबार July 20, 2025

आर्थिक संकटमा परेको पाकिस्तानलाई आईएमएफले ३ अर्ब डलर ऋण दिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः लामो समयपछि पाकिस्तानले राहत पाएको छ ।

आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानलाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले ठूलो राहत दिएको छ । आईएमएफले पाकिस्तानको ३ अर्ब अमेरिकी डलर बेलआउट कार्यक्रमलाई अन्तिम स्वीकृति दिएको छ ।

आईएमएफका एक अधिकारीले भने कि कार्यकारी बोर्डले पाकिस्तानलाई सहयोग गर्न एसडीआर २,२५० मिलियन (३ अर्ब अमेरिकी डलर) को लागि नौ महिनाको स्ट्यान्ड-बाय व्यवस्थालाई अनुमोदन गरेको छ। पाकिस्तानलाई आर्थिक संकटबाट बाहिर निकाल्न बेलआउट कार्यक्रम स्वीकृत गरिएको आईएमएफले जनाएको छ । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार आईएमएफको स्वीकृतिले तत्कालै १.२ बिलियन अमेरिकी डलर निकासा गर्न अनुमति दिएकाे छ ।

बाँकी रकम दुई त्रैमासिक समीक्षा पछि चरणबद्ध रूपमा वितरण गरिनेछ। आईएमएफको शर्त पूरा गर्न पाकिस्तानले साउदी अरेबियाबाट २ अर्ब अमेरिकी डलर र युएईबाट १ अर्ब अमेरिकी डलर मागेको थियो ।

प्रधानमन्त्री शहबाज शरीफले बेलआउट कार्यक्रममा खुसी व्यक्त गरे। शरीफले ट्वीट गर्दै भनेका छन् कि अाएमएफ को कार्यकारी बोर्डले केहि समय अघि अमेरिकी डलरको स्ट्यान्ड-बाय सम्झौता स्वीकृत गरेको थियो। बेलआउट कार्यक्रम अर्थतन्त्रलाई स्थिर बनाउन सरकारको प्रयासको परिणाम हो। आईएमएफको सहयोगमा तत्काल र मध्यकालीन आर्थिक चुनौतीहरू पार गर्न सकिन्छ। यसले पाकिस्तानको आर्थिक अवस्था मजबुत हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार