श्रावण ४, २०८२ आइतबार July 20, 2025

सुडानमा द्वन्द्वमा मारिएका ८७ जनाको चिहान फेला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सुडानको आरएसएफले हत्या गरेका ८७ जनाको शव डार्फरमा फेला परेको छ ।

सुडानी अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) र तिनका सहयोगीले मारेको भनिएको कम्तीमा ८७ जनाको शव पश्चिम डार्फर राज्यको राजधानी एल–जेनिनाबाहिर रहेको एक सामूहिक चिहानबाट फेला परेको संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तको कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संयुक्त राष्ट्रसङ्घको कार्यालयले गत जुन १३ देखि २१ को बीचमा एल–जेनिनाको अल–मदारेस र अल–जमारेक जिल्लामा मासालित समुदाय र अन्य ८७ जनाको हत्या भएको थियो । उक्त चिहानमा जुन १४ मा आरएसएफको हिरासतमा वेस्ट डार्फरका गभर्नर खामिस अब्बेकरको हत्यापछि भएको हिंसाका धेरै पीडित भेटिएको जनाइएको छ ।

Mass grave with at least 87 bodies found in Sudan's volatile Darfur region,  United Nations says

फेला परेका शवमध्ये सात जना महिला र सात जना बालबालिका रहेका छन् । उनीहरूको उपचार नगरिएका चोटपटकका कारण मृत्यु भएको संयुक्त राष्ट्रसङ्घको कार्यालयले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको कार्यालयले उनीहरूलाई सामूहिक चिहानमा गाड्न बाध्य पारिएको र उचित तरिकाले गाड्न नदिएको दाबी स्थानीयले गरेको जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्त भोल्कर तुर्कले जारी गरेको वक्तव्यमा आरएसएफ र सुडान द्वन्द्वका अन्य पक्षलाई जातीय पृष्ठभूमिका आधारमा मृतकको तत्काल खोजी गर्न, उनीहरूलाई सङ्कलन गर्न र कुनै भेदभाव नगरी स्थानान्तरण गर्न अनुमति दिन र सहजीकरण गर्न आह्वान गरिएको छ ।सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार