श्रावण ४, २०८२ आइतबार July 20, 2025

अमेरिकामा बाढीले चार जनाको ज्यान गयो

नौ महिनाको बच्चासहित तीन महिला र एक पुरुष बेपत्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकाको दक्षिणपूर्वी पेन्सिलभेनियामा शनिबार साँझ आएको बाढीका कारण कम्तीमा तीन जनाको मृत्यु भएको छ भने नौ महिनाको बच्चासहित चार जना बेपत्ता भएका छन् ।

अधिकारीहरूका अनुसार दक्षिणपूर्वी पेन्सिलभेनियामा आएको बाढीले धेरै कारहरू बगाएको छ र जसका कारण तीन जनाको मृत्यु भएको हो।

बक्स काउन्टीको मेकफिल्ड टाउनशिपका अधिकारीहरूका अनुसार शनिबार बेलुका ५ः३० बजे वाशिंगटन क्रसिङ क्षेत्रमा मुसलधारे वर्षा भएको बताए।

उही समयमा माथिल्लो मेफिल्ड फायर चीफ टिम ब्रेवरले उक्त क्षेत्रमा ४५ मिनेटमा सात इन्च पानी परेको बताए । सडकमा चारदेखि पाँच फिट पानी जमेको उनले बताए । त्यसबेला सडकमा करिब ११ वटा कार थिए, जसमध्ये तीन वटा बगेर गएका थिए ।

Extreme flooding overwhelms New York roadways and kills 1 person

प्राप्त जानकारी अनुसार बाढीमा परी ४० देखि ६० वर्ष उमेर समूहका दुई महिला र एक पुरुषको मृत्यु भएको छ भने बेपत्ता हुनेमा तीन महिला र एक पुरुष रहेका छन् । जसको उमेर नौ महिनादेखि ६३ वर्षसम्म रहेको बताइएको छ ।

टिम ब्रेवरले पीडितहरूको पहिचान गर्न अस्वीकार गरेका छन  तर एक परिवार फ्ल्याश बाढीबाट गम्भीर रूपमा प्रभावित भएको बताए। उनले आठ जनाको कार र दुई जनाको खोलाबाट उद्धार गरिएको बताए । तर, वेपत्ता भएका तीनै सवारीसाधन पछि फेला परेका थिए । तर, ती गाडीभित्र कोही पनि उपस्थित थिएनन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार