श्रावण ४, २०८२ आइतबार July 20, 2025

अमेरिकासहित पाँच देश प्राकृतिक प्रकोपको चपेटामा, अमेरिकामा २६ सय उडान रद्द

आँधीका कारण अमेरिकाभर २६ सयभन्दा बढी उडानहरू रद्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः जलवायु परिवर्तनले विश्वभर तहसनहस बनाएको छ । यसका कारण अमेरिका, चीन, दक्षिण कोरिया, जापान, स्पेनमा प्राकृतिक प्रकोप बढेको छ । दक्षिण कोरियामा भारी वर्षाका कारण आएको बाढी पहिरोमा परी ३ दिनमा ४० जनाको मृत्यु भएको छ । अमेरिकाको अलास्कामा भूकम्पको धक्का महसुस भएको छ भने क्यालिफोर्नियाको तापक्रम ५४ डिग्री सेल्सियस पुगेको छ । आँधीका कारण अमेरिकाभर २६ सयभन्दा बढी उडानहरू रद्द गरिएका छन्।

यस बाहेक स्पेनको जंगलमा पनि आगलागी भएको छ । अर्कोतर्फ चीनमा चक्रवाती आँधी आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै अलर्ट जारी गरिएको छ । चीनका केही प्रान्तहरूमा सोमबार तापक्रम ५० डिग्री नाघेको छ । मौसमविद्हरू यी परिवर्तनहरू बारे विशेष गरी चिन्तित छन्।

स्पेनको जंगलमा आगलाग

स्पेनको क्यानरी टापुमा लागेको डढेलोका कारण ४ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । आगलागी करिब ९ हजार ८ सय एकड क्षेत्रफलमा फैलिसकेको छ । आगलागीबाट हालसम्म १२ घर जलेर नष्ट भएका छन् ।

चीनमा ‘तालिम’ आँधी

चीनमा चक्रवाती आँधी  ‘तालिम’ को लागि ओरेन्ज अलर्ट जारी यस वर्षको चौथो चक्रवाती आँधीले देशको दक्षिणी तटीय क्षेत्रमा हावाहुरी र मुसलधारे वर्षाको सम्भावना रहेको छ ।

जापानमा तातो लहरको चेतावनी

जापानमा तापक्रम रेकर्ड स्तरमा पुगेप छि देशका ४७ प्रिफेक्चर मध्ये २० प्रान्तमा तातो लहरको चेतावनी जारी गरिएको छ। यसैबीच अविरल वर्षाका कारण केही क्षेत्रमा पहिरो गएको छ । टोकियोलगायत केही स्थानमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको छ ।

जलवायुबारे अमेरिका र चीनकाे बीचमा ऐतिहासिक वार्ता

अमेरिकी जलवायु दूत जोन केरीले सोमबार बेइजिङमा चीनका जलवायु दूत सी सेनहुआसँग वार्ता गरेका छन । वास्तवमा अमेरिका व्यापार, ताइवान, मानव अधिकार र क्षेत्रीय दाबीमा विवादको बीचमा सम्पर्क पुनर्स्थापित गर्न चाहन्छ।

केरीले लगभग एक वर्षमा विश्वका सबैभन्दा खराब जलवायु प्रदूषकहरूमध्ये दुईका प्रतिनिधिहरू बीचको पहिलो व्यापक आमने सामने बैठक आयोजना गर्दैछन्।एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार