श्रावण ४, २०८२ आइतबार July 20, 2025

दक्षिण कोरियामा भीषण बाढी : ५० जनाको मृत्यु, ७ जना बेपत्ता

अविरल वर्षाबाट प्रभावित १३ वटा शहरका दश हजार पाँच सय ७० जना विस्थापित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः दक्षिण कोरियामा गत साताको भारी वर्षा र बाढीका कारण ५० जनाको मृत्यु भएको छ । भने अन्य ७ जना बेपत्ता भएका छन् । आज बिहान डुबेको बसबाट त्यसका चालक सहित चार जनाको शव निकालिएको थियो ।

सरकारी अधिकारीका अनुसार उत्तरी ग्याङसङ प्रान्तमा २१ र मध्यचुङचेङ प्रान्तमा १९ जनाको मृत्यु भएको हो । ग्याङसङ प्रान्तमा चौतीस जना घाइते भएका छन् । देशभरका बाढीपहिरामा परी देशभर ५० जनाले ज्यान गुमाएका योनहाप समाचार समितिले जनाएको छ

पछिल्ला दिनमा लगातार परेको वर्षाले देशभरका अधिकांश भू–भाग डुबानमा परेका छन् । आपत्कालीन सेवाका अधिकारीले देशका अन्य भागमा अन्य सात जनाले ज्यान गुमाएका बताएका छन् । गत साता पाँच सय मिलिमिटरभन्दा बढी वर्षा भएको अभिलेख गरिएका प्रदेशमा भारी वर्षाको चेतावनी जारी गरिएको थियो ।

जुलाई ९ देखि मध्य र तल्लो क्षेत्रमा पाँच सय मिलिमिटर भन्दा बढी वर्षा भएको छ ।  गोन्जु र दक्षिण चुङचेओङ प्रान्तमँ छ सइ २६ मिलिमिटर, छेउङयाङ नजिकैको काउन्टीमा छ सय १४ मिलिमिटर , सेजोङको मध्य शहरमा पाँच सय ८० मिलिमिटर  र उत्तरको मुङयोङ र ग्योङसाङ प्रान्तमा पाँच सय २२ मिलीमिटर वर्षा भएको थियो ।

उत्तरी ग्योङसाङ प्रान्तमा ७ जना बेपत्ता छन् । बाढीका कारण घर भत्किँदा र पहिरोमा परेर मुलुकभर ज्यान गुमाउनेको सङ्ख्या बढेको छ । मध्य शहर ओसोङमा बाढीले बगाएको भूमिगत सुरुङमा फसेका सवारीसाधनबाट आइतबार राति सातवटा शव निकालिएको थियो ।

अविरल वर्षाबाट प्रभावित १३ वटा शहरका दश हजार पाँच सय ७० जनालाई विस्थापित भएका छन् । सार्वजनिक सुविधाहरूको क्षतिको सङ्ख्या सात सय ८९ पुगेको छ भने निजी सम्पत्तिको पनि व्यापक नोक्सानी भएको छ । तीन सय ५२ वटा निजी सम्पत्तिमा बाढीले क्षति भएको, एक सय ४६ वटा सडक भत्किएका तथा एक सय ३९ घर  बगेका योनहाप समाचार समितिले जनाएको छ । एघार हजारभन्दा बढी बाढीपीडितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार