श्रावण ४, २०८२ आइतबार July 20, 2025

परीक्षामा खटिने प्राध्यापकलाई धम्कि दिएको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : परीक्षामा खटिने प्राध्यापकलाई विभिन्न माध्यमबाट धम्कि दिएको काठमाण्डौं विश्वविद्यालय प्राध्यापक संघले जनाएको छ । केहि दिनदेखि परीक्षामा समिर्पित प्राध्यपकलाई विभिन्न माध्यमबाट डर, त्रास र धम्कि दिने, हतोत्साहित गर्ने र मानसिक प्रताडना दिने कार्य भइरहेको जनाएको छ ।

काठमाडौं विश्वविद्यालय प्राध्यापक संघले यस्ता कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको र सो कुरा परीक्षा संचालन गर्ने निकायलाई समेत जानकारी गराई सकिएको जारी विज्ञप्ति उल्लेख गरेको छ ।

आफुले परीक्षामा खटाएको निरीक्षक माथि भइरहेको संगठित दुव्र्यवहार विरुद्ध मौन रहनुले सम्बन्धित प्राज्ञिक पदाधिकारीको गैरजिम्मेवारीपन झल्किन्छ । कर्तव्य पालना गर्दा गर्दै पनि हुने गरेका यस्ता अप्राज्ञिक गतिविधी निस्तेज गर्न, आफ्ना निरीक्षक एवम् अन्य सम्बन्धितहरुको सुरक्षाको प्रत्याभूति र आगामी दिनमा संचालन गर्ने परीक्षाहरु थप मर्यादित एवम् अनुशासित बनाउने विषयलाई सम्बन्धित निकायहरुले गम्भीर रुपमा लिनुपर्ने कुरा काठमाडौं विश्वविद्यालय प्रशासन समक्ष संघ माग गर्दछ, विज्ञप्तिमा भनिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया