श्रावण ४, २०८२ आइतबार July 20, 2025

कुरान जलाएको बिरोधमा इराकस्थित स्वीडेनको दुतावासमा आगजनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इराकको राजधानी बग्दादमा रहेको स्वीडेनको दूतावासमा हमलाको घटना बाहिर आएको छ । बिहीबार सयौं प्रदर्शनकारीले स्वीडेनको दूतावासमा आगजनी गरेका छन् ।

घटनासँग परिचित एक प्रत्यक्षदर्शीले बताए अनुसार सयौं प्रदर्शनकारीहरूले बिहीबार बग्दादमा स्वीडेनको दूतावासमा अचानक आक्रमण गरे र त्यसको केही समय पछि आगजनी पनि गरेका थिए । तर, दूतावासका कुनै पनि कर्मचारीलाई क्षति नभएको स्रोतले जनाएको छ । तर, बगदादमा स्वीडेनको दूतावासका अधिकारीहरूले घटनाको प्रतिक्रिया दिएका छैनन्।

Sweden Quran burning: Protesters storm embassy in Baghdad - BBC News

स्वीडेनमा इस्लाम धर्मको पवित्र ग्रन्थ कुरान जलाइए पछि आक्रोशित भीडले दुतावासमा आगजानी गरेका हुन् । केही हप्ताको सो घटनापछि मुस्लिम समुदायले स्विडेनविरुद्ध निरन्तर आक्रोश पोख्दै आएका छन् । यसका कारण सिया धर्मगुरु मुक्तादा अल सद्रका समर्थकहरूले बगदादमा विरोध प्रदर्शनको आह्वान गरेका छन्।

आक्रमणको भिडियो एक लोकप्रिय टेलिग्राम च्यानलमा साझा गरिएको छ जसलाई मुक्तादा अल सद्रलाई समर्थन गरिएको छ। जसमा स्थानीय समय अनुसार बिहीबार बिहान करिब १ बजे सयौंको संख्यामा उपस्थित व्यक्तिले दूतावासमा आक्रमण गरेको देखिन्छ । त्यसपछि भीडमा उपस्थित केही व्यक्तिले दूतावासमा आगजनी गरेका थिए ।

सामाजिक सञ्जालमा आएको भिडियोमा दूतावास परिसरको एक भवनबाट धुवाँ उठेको देखिन्छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार