श्रावण ४, २०८२ आइतबार July 20, 2025

इराकद्वारा स्विडेनका राजदूत निष्कासित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः स्वीडेनको राजधानी स्टकहोममा कुरान जलाइएको विरोधमा इराकले स्विडेनी राजदूतलाई निष्कासन गरेको छ। कुरान जलाइएको विरोधमा बिहीबार बगदादमा विशाल प्रदर्शन भएको थियो।

मध्य बगदादमा रहेको स्विडेनको दूतावासमा प्रदर्शनकारीहरूले आक्रमण गरी आगोसमेत लगाएका थिए। सामाजिक सञ्जाल सार्वजनिक भएका भिडियोमा स्विडेनको दूतावासभित्र प्रदर्शनकारीहरूको ठूलो भीड लागेको र त्यहाँबाट धुवाँको मुस्लो निस्किएको देखिएको थियो।

दक्षिणी इराकको नासिरियामा रहेको अल जजिराका महमूद अब्देलवाहेदका अनुसार बिहीबार बिहानै दूतावासमा प्रदर्शनकारीहरूले प्रभावशाली इराकी शिया धार्मिक र राजनीतिक नेता मुक्तादा अल–सद्रलाई चित्रण गर्ने झण्डा  फहराएका थिए। अल–सद्रका समर्थकहरूले बिहीबार स्टकहोममा इराकी दूतावास अगाडि कुरान जलाउने दोस्रो योजनाको विरोधमा दूतावास जलाउनआह्वान गरेका थिए।

Muslim nations outraged following latest Quran desecration in Sweden | The  Times of Israel

इराक सरकारले बिहीबार नै स्टकहोमबाट आफ्ना कूटनीतिज्ञलाई फिर्ता बोलाएको घोषणा गरेको थियो।  प्रधानमन्त्री मोहम्मद शिया अलसुदानीले स्वीडेनबाट आफ्नो राष्ट्रका कार्यवाहक राजदूतलाई कुरान जलाएको विरोधमा फिर्ता बोलाएको तथा स्वीडेनको टेलिकम कर्पोरेशन एरिक्सनको इराकमा व्यवसाय सञ्चालन गर्ने अनुमति खारेज गरेको अल जजीराले जनाएको छ। ​

यसैबीच, स्विडेनको विदेश मन्त्रालयले दूतावास घटनाको निन्दा गर्दै इराकी अधिकारीहरूलाई कूटनीतिक नियोग र कूटनीतिज्ञहरूको सुरक्षामा ध्यान दिन अनुरोध गरेको छ। साथै मन्त्रालयले बग्दादस्थित दूतावासका सबै कर्मचारीहरू सुरक्षित रहेका बताएको छ। ​

साउदी अरबले पनि कुरानको अपमान भएकामा त्यसको निन्दा गर्दै रियादस्थित स्विडेनका कूटनीतिज्ञलाई विदेश मन्त्रालयमा बोलाएर विरोधपत्र हस्तान्तरण गरेको छ। मुसलमानहरूको पवित्र तीर्थ भएको मुसलमान बहुल खाडी राष्ट्रले अपमानजक गतिविधि रोक्नेतर्फ गम्भीर भएर लाग्न स्विडेन सरकारलाई अनुरोध गरेको छ। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार