श्रावण ४, २०८२ आइतबार July 20, 2025

इराकमा भत्काइयाे ३०० वर्ष पुरानो मस्जिदको मीनार, सम्पदा भत्काउने कार्यकाे बिराेध

इस्लामिक राज्यले गरेका वर्षौंको उपेक्षा र द्वन्द्वले इराकको धेरैजसो समृद्ध सांस्कृतिक सम्पदा नष्ट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इराकमा सडक फराकिलो बनाउन तीन सय वर्ष पुरानो मस्जिदको मीनार भत्काइएको छ ।

सो मस्जिदको मिनार भत्काए पछि स्थानीयले विरोध गरेका छन । सरकारको सो निर्णय प्रति असन्तुष्टि व्यक्त गर्दै स्थानियले इराकको सांस्कृतिक सम्पदामा ठेस पुगेको बताएका छन् । यो घटना इराकको दक्षिणी सहर बसराको हो ।

सन १७२७ मा बनेको ११ मिटर (३६ फिट) अग्लो मीनारलाई शुक्रबार बिहान बुलडोजरले भत्काइएको थियो र धुलोको बादलमा यसको सुन्दरता एकाएक हराएको थियो।

सो मिनारका कारण सहरको ट्राफिक समस्या समाधान हुन सकेको थिएन र यो समस्या अन्त्य गर्न बसराका गभर्नरले यसलाई हटाउन आदेश जारी गरेको भनिएको छ । तर, सुन्नी मुस्लिम इन्डोमेन्ट र पुरातात्विक अधिकारीहरूसहित धार्मिक र सांस्कृतिक अधिकारीहरूले यो योजनालाई नष्ट गर्नुको सट्टा संरक्षण र स्थानान्तरण गर्नुपर्थ्यो भन्ने तर्क गर्दा गर्दै पनि यो मिनार भत्काईएको जनाइएकाे छ ।

बसराका निवासी माजिद अल हुसेनीले मस्जिदको भग्नावशेषमा उभिएर भने, ‘सबैले आफ्नो सम्पदा र इतिहासको रक्षा गर्छन् र यहाँ भने हाम्रो इतिहास र सम्पदालाई नष्ट गर्छन्’

इस्लामिक राज्यले गरेका वर्षौंको उपेक्षा र द्वन्द्वले इराकको धेरैजसो समृद्ध सांस्कृतिक सम्पदा नष्ट भएका छन् । सम्पदा संरक्षणकर्ताहरू डराउँदै गएका छन् कि बगदादमा जारी निर्माण कार्यको हतार र देशभर सडक, पुल र अन्य पूर्वाधारहरू विस्तार गर्ने योजनाले यस्ता सम्पदाहरुलाई तिब्र रुपमा नष्ट गर्न सक्छ।

तर, संस्कृति मन्त्री अहमद अल बद्रानीले रोयटर्सलाई भने कि सिराजी मस्जिदको मीनारलाई नष्ट गर्न अनुमति नदिएको र स्थानीय पुरातात्विक अधिकारीहरूले यसलाई स्थानान्तरण गर्न राज्यपालसँग सहमति जनाएका थिए।

तर, सो मिनार भत्किसकेको भन्दै संस्कृति मन्त्रालयले अब त्यसको अवशेष निकालेर संरक्षण गर्ने र त्यसैगरी मिनारको नमुना पुनःनिर्माण गर्ने प्रतिबद्धता जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार