श्रावण ४, २०८२ आइतबार July 20, 2025

बंगलादेशमा बस खस्दा १७ यात्रुको मृत्यु, एक महिनामा मात्रै ५६२ जनाकाे मृत्यु

चालकको लापरवाहीका कारण दुर्घटना भएको घाइतेहरुको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बंगलादेशमा भयानक दुर्घटना भएको खबर छ । बंगलादेशको झलकाठी सदर उपजिल्लाको छत्रकांडा क्षेत्रमा बस पोखरीमा खस्दा तीन बालबालिकासहित १७ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् ।

चालकको लापरवाहीका कारण यो दुर्घटना भएको घाइतेहरुले आरोप लगाएका छन् । उनीहरुका अनुसार बसमा यात्रु खचाखच भएको पनि बताए ।

बंगलादेशी अखबार डेली स्टारका अनुसार ५२ जना क्षमताको बसमा ६० भन्दा बढी यात्रु सवार थिए। पिरोजपुरको भण्डारीयाबाट बिहान करिब ९ बजे छुटेको बस बरिशाल–खुल्ना राजमार्गको छत्रकाण्डामा बिहान १० बजेतिर सडक छेउको पोखरीमा खसेको थियो ।

जुन यात्रामा रहेका एक घाइते एमडी मोमिनले भने, ‘म भण्डारियाबाट बसमा चढेँ । बस यात्रुले खचाखच भरिएको थियो । तिनीहरूमध्ये कोही कोरिडोरमा उभिरहेका थिए। मैले चालकलाई सुपरभाइजरसँग कुरा गरिरहेको देखेँ। अचानक बस सडकबाट चिप्लिएर दुर्घटनामा पर्न गयो ।’

मोमिनले अगाडी भने, ‘सबै यात्रु बसभित्र फसेका थिए । ओभरलोडका कारण बस तत्कालै डुबेको थियो । म कुनै तरिकाले बसबाट बाहिर निस्कन सफल भएँ।’

बारिशालका डिभिजनल कमिश्नर एमडी शौकत अलीले सबै १७ जनाको घटनास्थलमै मृत्यु भएको र बाँकी घाइतेहरूलाई अस्पताल लगिएको पुष्टि गरेको डेली स्टारले जनाएको छ। मृत्यु हुनेमा अधिकांश पिरोजपुरको भण्डारीया उपजिल्ला र झलकाठीको राजापुर क्षेत्रका बासिन्दा रहेको प्रहरीले जनाएको छ ।

एक महिनामा दुर्घटनामा ५६२ जनाको मृत्यु

बंगलादेशमा बस दुर्घटना सामान्य भइसकेको छ । सडक सुरक्षा फाउण्डेशन (आरएसएफ) का अनुसार जुनमा मात्रै ५५९ सडक दुर्घटना भएका छन् । जुन दुर्घटनामा परेर ५६२ जनाको मृत्यु भएको थियो भने ८१२ जना घाइते भएका थिए ।

ढाका ट्रिब्यूनका अनुसार बुधबार जारी गरिएको प्रतिवेदनमा थप भनिएको छ कि देशभर २०७ मोटरसाइकल दुर्घटनामा १६९ जनाको मृत्यु भएको छ, जुन कुल मृत्युको ३३.७५ प्रतिशत हो। प्रतिवेदनका अनुसार यसमा ७८ महिला र ११४ बालबालिका रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार