श्रावण ४, २०८२ आइतबार July 20, 2025

पुटिन र बेलारुसका राष्ट्रपतिबिच पहिलो भेटबार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः रुसी राष्ट्रपति भ्लादिमर पुटिन र बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्को बिचमा भेटबार्ता भएको छ ।

रुसी भाडाको सैनिक वाग्नर सेनाको विद्रोहपछि आइतबार पहिलो पटक दुवै नेताको भेटबार्ता भएको हो । यस क्रममा दुवै नेताले वाग्नर प्रमुख प्रिगोगिनलगायत धेरै विषयमा छलफल गरेको रुसको आधिकारिक मिडिया एजेन्सी टासले जनाएको छ ।

टासले सार्बजनिक गरेको भिडियोमा पुटिनले बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोलाई युक्रेन आक्रमणको बारेमा बताइरहेका छन् । पुटिनले भने– ‘हामीले युक्रेनको काउन्टर अफेन्सिभलाई पूर्ण रूपमा असफल बनाएका छौं ।’

लुकासेन्कोले मजाकको स्वरमा भनेका थिए कि साँचो अर्थमा युक्रेनले रुसको आक्रमणको सामना गर्न सक्दैन।  यसबारे पुटिनले भने – प्रतिशोधात्मक हमला भएको थियो तर रुसले त्यसलाई असफल बनायो ।

रोयटर्सले टेलिग्राम च्यानललाई उद्धृत गर्दै भनेको छ कि यस भेटमा लुकासेन्कोले पुटिनलाई बेलारुस वाग्नर आर्मी लडाकुहरूले समस्यामा परेको बताएका छन् । उनीहरु पश्चिमा देशतर्फ जान चाहन्छन् ।

लुकासेन्कोले भने कि निजी सेनाका सिपाहीहरू भन्छन्, वारसा र रेजासोभ वरिपरि घुमौं। वास्तवमा, पोल्याण्डको सिमाना बेलारुससँग छ, केही समयको लागि वाग्नरका लडाकुहरूलाई त्यहाँ राखिएको छ। यी लडाकुहरूले बेलारुसका सैनिकहरूलाई तालिम दिइरहेका छन्।

यसै क्रममा पुटिनले लुकासेन्कोसँग सुरक्षाबारे छलफल गर्ने बताएका छन् । यसका लागि उनले आफ्नो कार्यतालिकामा परिवर्तन गरेका छन् । लुकासेन्को र पुटिनबीचको यो भेट महत्वपूर्ण रहेको स्पष्ट छ । वाग्नरको विद्रोह पछि बेलारुसका राष्ट्रपतिले प्रिगोगिन र पुटिनबीच सम्झौता गराएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार