श्रावण ४, २०८२ आइतबार July 20, 2025

भारतीय प्रधानमन्त्री मोदीविरुद्ध संसद्‌को तल्लो सदनमा कंग्रेसद्वारा अविश्वासको प्रस्ताव दर्ता

भारत राष्ट्र समिति पार्टीले पनि सरकारविरुद्ध छुट्टै अविश्वास प्रस्ताव दर्ता गरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भारतमा प्रमुख विपक्षी दल कंग्रेसले संसद्‍को तल्लो सदन लोकसभामा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको छ । यस्तै भारत राष्ट्र समिति पार्टीले पनि सरकारविरुद्ध छुट्टै अविश्वास प्रस्ताव दर्ता गराएको छ ।

संसद्‌का कम्तिमा ५० सांसदले समर्थन गरेको अवस्थामा मात्र अविश्वास प्रस्ताव अघि बढ्ने भारतीय समाचारमाध्यमले जनाएका छन् । कंग्रेसले दर्ता गराएको अविश्वास प्रस्ताव अघि बढ्ने सम्भावना रहे पनि भारत राष्ट्र समितिको प्रस्तावले भने आवश्यक समर्थन जुटाउन नसक्ने जनाइएको छ । लोकसभामा ५४३ सदस्यमध्ये सत्तारुढ एनडीए गठबन्धनसँग ३३१ सांसद छन् भने विपक्षी गठबन्धन-आईएनडीआईएसँग १४४ सांसद छन् ।

अविश्वास प्रस्ताव पारित नै हुने सम्भावना नभए पनि यसले मोदीलाई मणिपुरको स्थितिबारे संसद्‌मा आएर जवाफ दिन बाध्य पार्ने विपक्षीहरुको विश्वास छ । भारत राष्ट्र समिति कुनै पनि गठबन्धनमा नरहेको दल हो भने यससँग जम्मा ९ सांसद छन् ।

विपक्षी दलहरुले मणिपुरको स्थितिबारे संसद्‌मा आएर प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग दुवै सदनमा उठाउँदै आए पनि मोदी भने त्यसका लागि तयार छैनन् । संसद्‌को मनसुन सत्र ६ दिनअघि सुरु भएको हो । त्यसैदिनदेखि नै विपक्षी दलहरुले मणिपुरको स्थितिबारे संसद्‌मा लामो बहस गरिनुपर्ने र प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गर्दै आएका छन् । संसद्‌को मनसुन सत्र सुरु हुनु एक दिनअघि मात्रै मणिपुरमा एउटा भिडले दुईजना आदिवासी महिलालाई दुर्व्यवहार गरेको भिडियो सामाजिक सन्जालमा सार्वजनिक भएको थियो । सो घटनापछि विपक्षी आक्रोशित बनेका हुन् । विपक्षीको माग र विरोधका कारण सदनमा महत्त्वपूर्ण विधेयकमाथि छलफलसमेत हुन सकिरहेको छैन ।

मणिपुरमा गत मे ३ देखि भड्किएको जातीय हिंसाका कारण अहिलेसम्म १४० भन्दा बढी मानिस मारिएका छन् भने हजारौं विस्थापित भएका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार