श्रावण ४, २०८२ आइतबार July 20, 2025

सामसङको फोल्डेबल फोन ‘जेड फोल्ड फाइभ’ सार्वजनिक, कति छ बजार मुल्य ?

अडियो मात्र सुन्दा ब्याट्री ७३ घण्टासम्म टिक्ने र भिडिओ हेर्दा २१ घण्टासम्म टिक्ने कम्पनीको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : सामसङ ग्यालेक्सी जेड फोल्ड फाइभ सार्वजनिक भएको छ । बुधबार दक्षिण कोरियाको राजधानी सउलमा ग्यालेक्सी अनप्याक्ड इभेन्ट गर्दै कम्पनीले नयाँ फाेल्डेबल स्मार्टफाेन सार्वजनिक गरेको हो । जेड फोल्ड फाइभको सुरुवाती मूल्य कम्पनीले १७९९ डलर (करिब दुई लाख ३५ हजार रुपैयाँ) तोकेको छ ।

जेड फोल्ड फाइभमा बाहिरी डिस्प्ले ६.२ इन्चको र भित्री डिस्प्ले ७.६ इन्चको रहेको छ । त्यस्तै १२० हर्जको रिफ्रेस रेट दिइएको छ । यो फोनमा पनि क्वालकमको स्न्यापड्रागन ८ जेन २ चिपसेट प्रयोग गरिएकाे छ ।

यसमा कम्पनीले ४४०० एमएएच क्षमताको ब्याट्री उपलब्ध गराएको छ । अडियो मात्र सुन्दा ब्याट्री ७३ घण्टासम्म टिक्ने र भिडिओ हेर्दा २१ घण्टासम्म टिक्ने कम्पनीको दाबी छ ।

यो पनि जेड फ्लिप फाइभ जस्तै शक्तिशाली स्न्यापड्रागन ८ जेन टु प्रोसेसरद्वारा सञ्चालित छ । फोनसँगै उपलब्ध हुने एस पेनको सहायताले फोनमा विभिन्न फिचर प्रयोग गर्न सकिनेछ ।

यसमा १० मेगापिक्सेलको टेलिफोटो क्यामेरा, ५० मेगापिक्सेलको वाइड एङ्गल क्यामेरा र १२ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा रहेको छ । त्यस्तै यसमा १० मेगापिक्सेलको कभर क्यामेरा र ४ मेगापिक्सेलको अन्डर डिस्प्ले सेल्फी क्यामेरा रहेको छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया