श्रावण ४, २०८२ आइतबार July 20, 2025

टिकटक खोल्ने बित्तिकै बज्ने आवाजले दिक्क हुनुहुन्छ ? यसो गर्नुहोस्

...........यति गर्नुभयो भने तपाईंले टिकटक एप खोल्दा देखिने पहिलो भिडिओ म्युट भएर आउँछ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  सामाजिक सञ्जाल टिकटक हाम्रो दैनिकीको अभिन्न हिस्सा बनेको छ । मनोरञ्जनका लागि परिचित यो प्लेटफर्म अहिले सूचना र ज्ञान लिने माध्यम पनि बनेको छ ।

मोबाइलमा टिकटक एप खोल्दा बज्ने म्युजिकले तपाईं हामीमध्ये धेरैलाई दिक्क बनाएको हुनसक्छ । कतै सार्वजनिक स्थान वा भनौं शान्त हुनुपर्ने ठाउँमा एक्कासि टिकटकको म्युजिक बजिदिँदा त्यहाँको माहोल नै खराब हुन पुग्छ । त्यसका लागि टिकटकले प्लेब्याक म्युट (playback mute) फिचर उपलब्ध गराएकाे छ ।

टिकटककाे प्लेब्याक म्युट प्रयाेग गर्ने तरिका:

– सबैभन्दा पहिले आफ्नो डिभाइसमा टिकटक एप खोल्नुहोस् ।

– अनि तल दायाँपट्टि रहेको प्रोफाइलको अप्सनमा जानुहोस् ।

– त्यसपछि माथि दायाँपट्टि रहेको तीन ओटा बारमा ट्याप गर्नुहोस् ।

– यति गरेपछि ‘सेटिङ एन्ड प्राइभेसी’ अप्सनमा जानुहोस् ।

– त्यसपछि स्क्रोल गर्दै तल ‘कन्टेन्ट एन्ड डिस्प्ले’को सेक्सनमा रहेको प्लेब्याकको अप्सन छान्नुहोस् ।

– र, सबैभन्दा माथि देखिएको ‘ओपन टिकटक अन म्युट’ को अप्सन अन गर्नुहोस् ।

यति गर्नुभयो भने तपाईंले टिकटक एप खोल्दा देखिने पहिलो भिडिओ म्युट भएर आउँछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया