श्रावण ४, २०८२ आइतबार July 20, 2025

सामसङ अफर सार्वजनिक : टिभीको खरिदमा ३ वर्षको पूर्ण वारेन्टी पक्का

अफर क्युएलईदि, फ्रेम, युएचदि, एफएचदि टिभी जस्ता धेरै सामसङ टिभीको रेन्जहरूमा लागु हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालकै सबैभन्दा लोकप्रिय उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले आफ्ना ग्राहकहरूका लागि उत्कृष्ट गुणस्तरका उत्पादनहरू ल्याउने आफ्नो निरन्तर प्रयासद्वारा ग्लोबल नम्बर १ टिभी ब्रान्डको रूपमा आफ्नो स्थान लगातार १७ वर्षदेखि कायम राखेको छ । यो वर्ष सामसङ नेपालले सामसङ टिभीहरूमा ३ वर्षसम्मको पूर्ण वारेन्टी दिने अफर ल्याएको छ। यो वारेन्टी यस वर्षको अन्त्य अघि सामसङको आधिकारिक आउटलेटहरूबाट खरिद गरिएको सामसङ टि, ए, बि र सी–सिरिज टिभी सेटहरूमा लागु हुने भएको छ ।

सामसङ नेपालको उपभोक्ता इलेक्ट्रोनिक्सका महाप्रबन्धक आलोक कुमार गुप्ताले भने, “यस अफर मार्फत हाम्रा ग्राहकहरूलाई हामीले पूर्ण शन्तुष्टिको साथ गुणस्तरीय स्क्रिन टाइमको आनन्द लिने अवसर प्रदान गर्न पाउँदा हामीलाई पनि ठुलो आनन्द मिलेको छ । यो ३ वर्षको वारेन्टी अफरले सबै सामसङ टिभी ग्राहकहरूलाई चिन्ता–मुक्त आश्वासन प्रदान गर्ने छ र यो अफर सकेसम्म धेरै उपभोक्ताहरूलाई प्रदान गर्न पाउने आशा गर्दछौँ ।”

उक्त अफर क्युएलईदि, फ्रेम, युएचदि, एफएचदि टिभी जस्ता धेरै सामसङ टिभीको रेन्जहरूमा लागु हुनेछ । यो वारेन्टी अफर २०२३ अगष्ट १ देखि ३२” देखि ८५” का सामसङ टिभीको उपलब्ध रेन्जहरू अन्तर्गत खरिद गरिएका टिभीहरूका लागि मान्य हुनेछ र डिसेम्बर ३१, २०२३ मा सो अफर समाप्त हुनेछ ।

उक्त नयाँ वारेन्टी अफरमार्फत ग्राहकले बजारमा उपलब्ध गुणस्तरीय सामसङ टिभी सेटमा चिन्तामुक्त, गुणस्तरीय स्क्रिन टाइमको मजा लिन सक्नेछन् भनेर सामसङको विश्वास छ । उक्त अफर नेपालका लागि सामसङ टिभीहरूको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि अन्तर्गत डिलर नेटवर्कबाट खरिद गरिएका र माथि उल्लिखित टि, ए, बि र सी सिरिजका टिभीहरूमा मात्र लागू हुनेछ । यस ३ वर्षको वारेन्टी अफरमा रिमोटहरू भने समावेश गरिएको छैन। रिमोट कन्ट्रोलहरूमा भने एक वर्षको वारेन्टी प्रदान गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार