श्रावण ४, २०८२ आइतबार July 20, 2025

‘कक्षाकोठा पानीले जलमग्न, कहाँ गएर पढ्ने ?’

बस्ने कोठा नहुँदा अध्ययन अध्यापनमा समस्या

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ वनकट्टीमा रहेकाे शान्ति आधारभूत विद्यालयमा भवन अभाव हुँदा पठनपाठनमा समस्या भएको छ । बस्ने कोठा नहुँदा अध्ययन अध्यापनमा समस्या भएको विद्यार्थीले गुनासो गरेका छन् ।

केही हप्ताअघि आएको हावाहुरीले विद्यालयको दुई कोठे भवनको जस्तापाता उडाएपछि विद्यार्थीलाई बस्न समस्या भएको प्रधानाध्यापक उत्तम विष्टले बताउनुभयो । ‘जस्तापाता पूरै उडाएकाे छ, पालिकालाई जस्तापाताका लागि भनेका छौँ तर केही सुनुवाइ भएको छैन’, उहाँले भन्नुभयो, ‘विद्यार्थीलाई कहाँ राखेर पढाउने भन्ने समस्या छ ।’

कोरोनाका समयमा निर्माण शुरु गरिएको दुई कोठे भवन अहिलेसम्म सम्पन्न नभएको बताउँदै विष्टले विद्यार्थीलाई निर्माणाधीन भवनमा बसालेर पठनपाठन गराइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार भवनमा सिलिङ हालिएको छ भने प्लास्टरलगायतको काम बाँकी छ ।

‘न ढोका छ, न झ्याल, पानी आउँदा सबैभित्र आउँछ, किताब कापी सबै भिज्छ’, कक्षा ६ मा अध्ययनरत सन्दीप भट्टले भन्नुभयो, ‘भूइँमा पनि ठूलाठूला ढुङ्गा मात्रै छन्, हामीलाई बस्नलाई निकै समस्या छ ।’ हावाले उडाएकाे जस्ता फेर्न पालिकाले आनाकानी गरेपछि स्थानीय बासिन्दा जुटेर विद्यालयको छाना निर्माण गर्न थालेका छन् ।

पठनपाठनमा निकै समस्या हुँदा पनि स्थानीय सरकारले चासो नदेखाएपछि श्रमदानमा विद्यालयको छाना निर्माण गर्ने काम भइरहेको प्रधानाध्यापक विष्टले बताउनुभयो । विद्यालय नजिकै खोला र राष्ट्रिय निकुञ्ज भएकाले यसरी अव्यवस्थित तरिकाले पठनपाठन गराउँदा जोखिम बढेको उहाँले बताउनुभयो । उहाँका अनुसार वर्षातका समयमा खोलामा पानीको बहाव बढेर विद्यालयका कक्षाकोठा पस्ने गरेको छ ।

‘खोलाको पानी कक्षाभित्र आएर कोठा जलमग्न हुन्छ, हामी कहाँ बसेर पढ्ने ?’ विद्यार्थी वर्षा ओडले भन्नुभयो, ‘विद्यालयको पर्खाल नहुँदा स-साना विद्यार्थी खेल्दाखेल्दै खोलामा खस्ने डर छ ।’

नजिकै राष्ट्रिय निकुञ्ज भएकाले वन्यजन्तु विद्यालय परिसरमा आउने सम्भावना रहेकाले पर्खाल निर्माण गर्नुपर्ने प्रधानाध्यापक विष्टले बताउनुभयो । ‘विद्यालयमा शिक्षक पनि कम छौँ, ससाना विद्यार्थी नजिक रहेको खोलामा खसेर डुब्ने जोखिम छ’, उहाँले भन्नुभयो, ‘खोलाको पानी कक्षामा पसेर पढाइ प्रभावित हुने गरेको छ ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार