काठमाडौंः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालयमा सेवा आयोगको अध्यक्ष पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।
रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गर्न गठित सिफारिस समितिको मंगलबार बसेको बैठकको निर्णयानुसार दरखास्त आह्वान भएको हो ।
जसअनुसार आउँदो साउन २६ गतेभित्र त्रिभुवन विश्वविद्यालयका कम्तीमा सहप्राध्यापक पदमा कार्य गरेका रोष्टरमा सूचीकृत हुन इच्छुक नेपाली नागरिकहरूबाट निवेदन दिन सकिने सूचनामा उल्लेख छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया