श्रावण ४, २०८२ आइतबार July 20, 2025

नेपाल संस्कृत विश्वविद्यालयको ताला खुल्यो

इन्टर्नसिप भत्ता वृद्धिको माग गर्दै ताला लगाएको स्ववियुले आफ्ना माग पूरा भएपछी खोलिदियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल संस्कृत विश्वविद्यालयमा लागेको ताला ५५ दिनपछि खुलेको छ। स्वतन्त्र विद्यार्थी युनियन केन्द्रीय आयुर्वेद विद्यापीठले केन्द्रीय कार्यालयमा गत असार ३ गते लगाएको ताला ५५ दिनपछि शुक्रबार खुलेको हो।

विश्वविद्यालयका उपकुुलपति प्रा.डा. यादवप्रकाश लामिछाने, शिक्षाध्यक्ष प्रा.डा. भिम खतिवडा, कुलसचिव सहप्राध्यापक माधव अधिकारीसहित कर्मचारीको उपस्थितिमा ताला खुलेको हो। उक्त अवसरमा स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष हेमन्त बञ्जाडेले विद्यार्थीका माग पूरा गरिदिएकोमा विश्वविद्यालयप्रति आभार प्रकट गरे।

इन्टर्नसिप भत्ता वृद्धिको माग गर्दै ताला लगाएको स्ववियुले आफ्ना माग पूरा भएको जनाउँदै ताला खोलेको हो।

विश्वविद्यालयद्वारा गठित वार्ता टोलीका संयोजक आयुर्वेद अध्ययन संस्थानका डीन प्रा. डा. चन्द्रप्रसाद भुसालको अध्यक्षतामा भएको वार्ताले नेपाल संस्कृत विश्वविद्यालयको अधिकृत स्तरको सुरुवाति तलबको ५० प्रतिशत बराबरको इन्टर्नसिप भत्ता प्रदान गर्ने सहमति भएको विश्वविद्यालयको वार्ता टोलीका सदस्य सचिव अनिल पोख्रेलले जानकारी दिए। उनका अनुसार निर्णय २०८० साउनदेखि लागु हुनेछ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेले विश्वविद्यालयलाई तालाबन्दीमुक्त गर्ने कार्यमा सहयोगी बनिदिन आह्वान गरे।

नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगमा नेपाल विद्यार्थी संघ दाङले गत असार ९ गते लगाएको ताला अझैं खुल्न सकेको छैन। ताला नखुल्दा विश्वविद्यालयले सञ्चालन गर्नेने कर्मचारी, उपप्राध्यापक, सहप्राध्यापकका परीक्षा अनिश्चित हुँदा एक हजार बढी परीक्षार्थी मर्कामा परेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार