श्रावण ४, २०८२ आइतबार July 20, 2025

कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक – ५०.०९ प्रतिशत विद्यार्थी उत्तीर्ण

अब विद्यार्थीले जति विषयमा नन ग्रेडेड आएको छ त्यति विषयको मात्र ग्रेड वृद्धिको परीक्षा दिन पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार यो वर्ष ५०.०९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

नियमित र ग्रेड वृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएकामा करिब ५१.९१ प्रतिशत मात्र ग्रेडेड (उत्तीर्ण) भएका छन् । त्यस्तै ४९.०९ प्रतिशत भने नन ग्रेडेड भएका राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो ।

गत वैशाख २६ गतेदेखि जेठ ५ गते सञ्चालित उक्त परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो । नतिजा गत वर्षमा भन्दा यस बर्ष ३ प्रतिशतले सुधार भएको बोर्डले जनाएको छ ।

बोर्डले ३५ प्रतिशत भन्दा कम अङ्क ल्याउनेलाई नन ग्रेडेडमा राख्दै आएको छ ।

नतिजा प्रकाशनका लागि बोर्डले दिउँसो बैठक बोलाएको थियो । नतिजा प्रकाशन गर्ने निर्णयपछि बोर्डले पत्रकार सम्मेलन मार्फत नतिजा सार्वजनिक गरेको हो ।

परीक्षामा चार लाख ६७ हजार ३८९ विद्यार्थी सहभागी भएका थिए । जसमा ५६ हजारभन्दा बढी विद्यार्थीले ग्रेड वृद्धिका लागि परीक्षा दिएका थिए ।

५१ जनाको परीक्षा रद्द गरिएको जानकारी बोर्डका अध्यक्ष शर्माले जानकारी दिनुभयो । जिपिए ३.६१ देखि ४ ल्याउने विद्यार्थीको सङ्ख्या ६ हजार ९७६ छ ।

त्यसैगरी, ३.२१ देखि ३.६० सम्म ल्याउने विद्यार्थीको सङ्ख्या ३८ हजार ९९९ छ भने २.८१ देखि ३.२० ल्याउने परीक्षार्थीको सङ्ख्या ६९ हजार १७४ छ । यसैगरी जिपिए २.४१ देखि २.८० ल्याउने विद्यार्थीको सङ्ख्या ६३ हजार ७७ छ भने २.०१ देखि २.४० जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या ११ हजार चार सय ३८ रहेको बोर्डले जनाएको छ ।

यस्तै १.६१ देखि २ सम्म जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या ४७ रहेको छ भने एक लाख ८२ हजार ९२६ जना विद्यार्थीले कुनै ग्रेड प्राप्त गर्न सकेका छैनन् ।

परीक्षाफल बोर्डको आफ्नै वेबसाइट र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरेको छ । लेटर ग्रेडिङ निर्देशिका अनुसार प्रत्येक विषयको सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अङ्क प्राप्त गरे मात्रै विद्यार्थीले ग्रेड सिट प्राप्त गर्ने व्यवस्था छ । लेटर ग्रेडिङ निर्देशिकामा संशोधन गरेर जुन विषयमा नन ग्रेडेड (एनजी) हुन्छ त्यही विषयमा मात्रै ग्रेड वृद्धि परीक्षा दिनुपर्ने व्यवस्था गरिएको छ ।

सोही आधारमा अब विद्यार्थीले जति विषयमा नन ग्रेडेड आएको छ त्यति विषयको मात्र ग्रेड वृद्धिको परीक्षा दिन पाउनेछन् । यसअघि दुई भन्दा बढी विषयमा नन ग्रेडेड आएमा अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यता थियो ।

गत वर्ष उक्त निर्देशिका संशोधन गरेर जति विषयमा नन ग्रेडेड आएको छ त्यतिको मात्र परीक्षा दिन पाउने व्यवस्था गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार