श्रावण ४, २०८२ आइतबार July 20, 2025

त्रिविद्वारा बिई र बिआर्कमा भर्नाका लागि आवेदन माग – (सूचना सहित)

भदौं १९ गतेको साँझ ५ बजेसम्म भित्र आवेदन दिइसक्नु पर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले शैक्षिक सत्र २०८०–८१ का लागि बीई र बीआर्क तहका विभिन्न कार्यक्रमहरुमा भर्नाका लागि प्रवेश परीक्षाका लागि आवेदन माग गरेको छ ।

त्रिवि सम्बद्ध आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा सञ्चालित विभिन्न १२ ओटा कार्यक्रमहरूमा इन्जिनियरिङ अध्ययनका लागि इच्छुक विद्यार्थीले अनलाइन मार्फत भदौं ५ गते बिहान १० बजेदेखि १९ गते साँझ ५ बजेसम्म भित्र आवेदन दिइसक्नु पर्ने छ ।

विद्यार्थी भर्नाका लागि सूचना प्रविधिको आधारमा कम्प्यूटर विधिमार्फत संचालन गरिने प्रवेश परीक्षा भदौं २५ देखि इन्जिनियरिङ अध्ययन संस्थान, सूचना तथा संचार प्रविधि केन्द्र, (ICTC) पुल्चोक, ललितपुर र पश्चिमाञ्चल क्याम्पस पोखरामा नेपाल सरकारको स्वास्थ्य मापदण्ड पालना गरी तोकिएको स्थान, समय र शिफ्ट अनुसार सञ्चालन गरिने सूचना सूचनामा उल्लेख खरिएको छ।

त्रिभुवन बिश्वबिद्धालय वा त्यसबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट भौतिकशास्त्र, रसायनशास्त्र तथा ११ र १२ कक्षामा गणित विषय लिई प्रवीणता प्रमाणपत्र तह वा उच्च माध्यमिक तह, ए लेभल वा इन्जिनियरिङ डिप्लोमा तह वा सो सरहको परीक्षामा कूल पूर्णाङ्गको कम्तिमा ४५ प्रतिशत तथा राष्ट्रिय परीक्षा बोर्डको ग्रेड अनुसार न्यूनतम सी गे्रड प्राप्त गरी उत्तीर्ण गरेका वा कक्षा १२ वा सो सरहको अन्तिम परीक्षामा सम्मिलित भएका वा इन्जिनियरिङ डिप्लोमाको छैठों सेमेष्टरको परीक्षामा सम्मिलित भएका विद्यार्थीहरूले समेत आवेदन दिन पाउने छन।

आवेदन फारम इन्जिनियरिङ अध्ययन संस्थानको वेबसाईट https://entrance.ioe.edu.np मा फाखिएको प्रवेश परिक्षाको आवेदन फारम स्वयंले भरी वेबसाईट मार्फत Submit गर्नुपर्नेछ। आवेदन फारम Internet सुबिधा भएको कुनै पनि स्थान बाट तोकिएको कुनै पनि समयमा भर्नसकिने छ।

हेर्नुहोस सूचनाः Screenshot_20230817-071532_Chrome.jpg

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार