काठमाडौंः त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले ४९ औँ दीक्षान्त समारोहमा भाग लिनका लागि विद्यार्थीसँग आवेदन माग गरेको छ । त्रिविले एक सूचना प्रकाशित गरी समारोहमा इच्छुक विद्यार्थीसँग आवेदन माग गरेको हो ।
आगामी पुस महिनामा हुने समारोहमा सहभागी हुन २०८० साल भाद्र ४ गतेदेखि २०८० असोज ४ गतेसम्म सेमेष्टर र वार्षिक परीक्षा प्रणालीअनुसार स्नातक, स्नातकोत्तर तह र एमफिल तह उतीर्ण गरी ट्रान्स्क्रिप्ट लिएका र सोही अवधिभित्र विद्यावारिधि पूरा गरेका विद्यार्थीले आवेदन दिन सक्ने त्रिविले जनाएको छ ।
आवेदन फाराम अनलाइनबाट निर्धारित समयभित्र भरिसक्न भनिएको छ ।
सुचना हेर्नुहोस्ः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया