श्रावण ४, २०८२ आइतबार July 20, 2025

शिक्षक सेवा आयोगद्धारा शिक्षक बढुवाका लागि आवेदन माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः शिक्षक सेवा आयोग आन्तरिक प्रतियोगितात्मक परीक्षा (२५ प्रतिशत) र कार्य सम्पादन मूल्याङ्कन (७५ प्रतिशत) को आधारमा शिक्षक बढुवाका लागि आवेदन माग गरेको छ ।

सामुदायिक विद्यालयमा नेपाल सरकारबाट स्वीकृत दरबन्दी अनुसार विभिन्न जिल्ला तह र श्रेणीमा रिक्तरहेका शिक्षक पदहरूमा आन्तरिक प्रतियोगितात्मक परीक्षा र कार्य क्षमता मूल्याङ्कनका आधारमा बढुवाद्वारा पूर्तिगर्नका लागि आवेदन माग गरेको हो ।

शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २७ बमोजिम बढुवाको निमित्त सम्भाव्य उम्मेदवारहरूले आयोगबाट निर्धारित दरखास्त फाराम भर्नुपर्ने शिक्षक सेवा आयोगको जनाएको छ ।

आन्तरिक प्रतियोगितात्मक परीक्षा (२५ प्रतिशत) का लागि मिति भदौं ११ गतेदेखि आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणाली https://online.tsc.gov.np मार्फत अनलाइन दरखास्त पेस गर्नुसकिने जनाएको छ । साथै अनलाइन दरखास्तमा आवेदन गर्दा व्यक्तिगत विवरण एवं पेस गरेका कागजातहरू राजस्व दस्तुर बुझाइसकेपछि परिमार्जन/संशोधन तथा थपघट गर्न नसकिने सूचनामा उल्लेख गरेको छ ।

विवरण र पेस गर्नुपर्ने कागजातहरू सुनिश्चित गरेर मात्र अनलाइन दरखास्त दिनुपर्ने तथा पछि फरक परेमा व्यक्ति स्वयं जबाफदेही र उत्तरदायी हुनुका साथै सो सम्बन्धमा आयोगबाट कुनै पनि कारबाही हुन नसक्ने जनाएको छ ।

कार्यसम्पादन मूल्याङ्कनको आधारमा शिक्षक बढुवा ( ७५ प्रतिशत) का लागि आयोगबाट निर्धारित दरखास्त फाराम भरी सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइ मार्फत दरखास्त पेस गर्नुपर्ने छ । शिक्षा विकास तथा समन्वय एकाइले समेत यसैलाई आधार लिई दरखास्त फाराम लिइदिनुहुन समेत अनुरोध गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार
भदौभित्र स्वास्थ्य बिमाको सम्पूर्ण रकम भुक्तानी गरिनेछः स्वास्थ्यमन्त्री पौडेल
२०८२ श्रावण ४, आइतबार
सिरहा कारागारमा झडप हुँदा १३ कैदीबन्दी घाइते
२०८२ श्रावण ४, आइतबार
एमालेको केन्द्रीय कमिटीको बैठक सोमबार बिहान ११ बजे बस्ने
२०८२ श्रावण ४, आइतबार
सोमबार बिहानैदेखि पशुपतिनाथका चारै ढोका खोलिने
२०८२ श्रावण ४, आइतबार
कलाकारसँग सभामुख घिमिरेको अन्तरक्रिया
२०८२ श्रावण ४, आइतबार