श्रावण ४, २०८२ आइतबार July 20, 2025

बालिका बलात्कार आरोपमा प्रधानाध्यापक पक्राउ

ज्यामिरेमाइ आधारभूत विद्यालयका प्रधानाध्यापक झुलबहादुर थापा पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बालिका बलात्कार आरोपमा एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन् ।

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ ऋषिङ गाउँपालिका–७, ज्यामिरेमाइ आधारभूत विद्यालयका प्रधानाध्यापक झुलबहादुर थापा पक्राउ परेका हुन् ।

उनलाई लमजुङको भोर्लेटारबाट पक्राउ गरिएको हो । गत ३१ साउनमा प्रधानाध्यापक थापाले १२ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै परिवारले प्रहरीमा उजुरी दिएका थिए ।

उजुरी दिएपछि थापा फरार थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया