श्रावण ४, २०८२ आइतबार July 20, 2025

इन्जिनियरिङ्गतर्फको शुल्क घटाउन माग गर्दै भिसि कार्यालय अगाडि नेविसंघको होम

त्रिभुवन विश्वविद्यालयको भिसि कार्यालय अगाडि होम हालेर सांकेतिक विरोध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सत्तारुढ दल काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले इन्जिनियरिङ्गतर्फको स्नातक तह अध्ययनका लागि अस्वाभाविक रूपमा शुल्क बढाइएको भन्दै विरोध गरेको छ।

बुधवार नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आइओई ) ले गरेको शुल्क वृद्धि विरुद्ध र अनशनरत नेविसंघ नेता सुलभ चापागाईंको जीवन रक्षाका लागि त्रिभुवन विश्वविद्यालयको भिसि कार्यालय अगाडि होम हालेर सांकेतिक विरोध जनाएको हो।

विरोध कार्यक्रममा बोल्दै नेविसंघका केन्द्रीय सदस्य मदन उपाध्यायले नेपाल विद्यार्थी संघले इन्जिनियरिङको आइटी सेक्टरको फी घटाउनुपर्छ भनेर सन्देशमुलक आन्दोलन गरेको बताए।

उनले केही दिन यता नेविसंघले पुल्चोक क्याम्पस, प्रधानमन्त्रीको सरकारी निवास लगायतका विभिन्न ठाउँमा शुल्कवृद्धि घटाउन माग गर्दै विरोध प्रदर्शन गरिरहेको बताए। उनले त्रिभुवन विश्वविद्यालयको भिसिलाई विद्यार्थीको पक्षमा सकारात्मक रूपमा लाग्न पनि चेतनास्वरूप होम हालिएको बताए।

उनले भने, ‘नेपाल विद्यार्थी संघका नेता सुलभ चापागाईं आमरण अनुसनमा हुनुहुन्छ, स्वास्थ्य अवस्था जटिल छ। नेपाल विद्यार्थी संघले इन्जिनियरिङको आइटी सेक्टरको फी घटाउनुपर्छ भनेर सन्देशमुलक आन्दोलन गर्दै आएका थियौं। बालुवाटारमा प्रधानमन्त्री निवास, पुलचोक क्याम्पसमा आन्दोलन गर्‍यौं। हाम्रो निदाएको भिसी बिउँझिनुपर्छ, उनको दिमागमा पोजेटिभ भाइब्रेट हुनुपर्छ, फी घटाउन उनले आनाकानी गरिरहनुभएको छ। उहाँलाई आज सन्देश दिन हामीले हवन गरेका हौं।’

त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानले गत भदौ ४ गते सूचना प्रकाशित गरी स्नातक तहअन्तर्गत बी.ई./बी.आर्क अध्ययनका लागि शुल्क वृद्धि भएको जानकारी गराएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार
भदौभित्र स्वास्थ्य बिमाको सम्पूर्ण रकम भुक्तानी गरिनेछः स्वास्थ्यमन्त्री पौडेल
२०८२ श्रावण ४, आइतबार
सिरहा कारागारमा झडप हुँदा १३ कैदीबन्दी घाइते
२०८२ श्रावण ४, आइतबार
एमालेको केन्द्रीय कमिटीको बैठक सोमबार बिहान ११ बजे बस्ने
२०८२ श्रावण ४, आइतबार