श्रावण ४, २०८२ आइतबार July 20, 2025

आन्दोलनरत विद्यार्थी र त्रिविबीच ४ बुँदे सहमति

शुल्क वृद्धिको विरोधमा आन्दोलनरत विद्यार्थी र पदाधिकारीबिच  आइतबार ४ बुँदे सहमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानमा आन्दोलनरत विद्यार्थी र त्रिभुवन विश्वविद्यालय सम्बद्ध पदाधिकारीहरुबीच  सहमति भएको छ । केही हप्ता अघिदेखि  शुल्क वृद्धिको विरोधमा आन्दोलनरत विद्यार्थी र पदाधिकारीबिच  आइतबार ४ बुँदे सहमति भएको हो ।

उक्त सहमतिमा संस्थानले हाल वृद्धि गरेको शुल्क फिर्ता लिने, इन्जिनियरिङ विषय अध्ययन गर्न सबै क्षेत्रको पहुँच विस्तार हुनेगरी कर्णाली र मधेश प्रदेशमा श्रोत साधन सम्पन्न क्याम्पसहरु स्थापना गर्न प्रक्रिया अघि बढाउने, इन्जिनियरिङ अध्ययन संस्थानको विद्यमान आर्थिक संकटलाई समाधान गर्न इन्जिनियरिङ अध्ययन संस्थानभित्र सर्वपक्षीय समिति बनाई विभिन्न विकल्पमा छलफल गरी समाधान गर्ने, स्वतन्त्र विद्यार्थी युनियन पुल्चोक क्याम्पस र अनेरास्ववियुले आयोजना गरेका सबैखाले आन्दोलनका कार्यक्रमहरु आजैका मितिदेखि फिर्ता लिने विषयहरु उल्लेख गरिएका छन् ।

सो सहमतिसँगै आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको पुल्चोक इन्जिनियरिङ क्याम्पसका स्ववियु सभापति विराज अर्यालले जानकारी दिए  । उनका अनुसार  सोमवारदेखि क्याम्पसमा पठनपाठन सुरु हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार