श्रावण ४, २०८२ आइतबार July 20, 2025

एउटै कलेजका ८० विद्यार्थी ज्वरोले बिरामी

ज्वरो आएकामध्ये तीन जनामा डेङ्गु सङ्क्रमणको पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बर्दिबास–६ कृष्णपुरस्थित प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा स्नातक तहको पाँचौँ ‘सेमेस्टर’मा अध्ययनरत विद्यार्थीमा ज्वरोको समस्या देखिएको छ । पछिल्ला पाँच/छ दिनयता ८० विद्यार्थी ज्वरोले बिरामी परेका छन् । उनीहरुको शुक्रबारदेखि परीक्षा रहेको बताइएको छ ।

ग्रामीण भेग अवस्थित कलेजमा विद्यार्थी ज्वरोले ग्रस्त भएपछि बर्दिबास अस्पतालको चिकित्सक टोलीले कलेजमै पुगेर स्वास्थ्य परीक्षण गरेको छ । ज्वरो आएकामध्ये तीन जनामा डेङ्गु सङ्क्रमणको पुष्टि भएको अस्पतालका मेडिकल अफिसर डा.किशोर अधिकारीले जानकारी दिए ।

एक्कासी उच्च ज्वरो आउने र टाउको दुख्ने सबैजसो विद्यार्थीमा समान लक्षण पाइएको छ । यसअघि चौथो सेमेस्टरको परीक्षा चलिरहँदा पनि विद्यार्थीलाई ज्वरोले समस्या बनाएको क्याम्पस प्रमुख हरि भुजेलले जानकारी दिए ।

बर्खायाममा धमिलिएको दूषित पानी सेवनले ज्वरो फैलिएको अनुमान गरिए तापनि अझै कतिपयमा डेङ्गु सङ्क्रमण देखिन सक्ने जाँचमा संलग्न चिकित्सकको भनाइ छ । धमाधम ज्वरो र टाउको दुख्ने लक्षणबाट विद्यार्थी बिरामी हुन थालेपछि बर्दिबास–६ का वडाअध्यक्ष पद्म आलेमगरले बुधबार नै बर्दिबास अस्पतालसँग समन्वय गरेर स्वास्थ्य जाँच शिविर सञ्चालन गरिएको बताए । अहिले केही बिरामीलाई कलेज नजिकका स्वास्थ्य क्लिनिकमा र केहीलाई बर्दिबास अस्पतालमै उपचार चलाइएको छ ।

परीक्षा स्थगन गर्न प्राकृतिक स्रोत व्यवस्थापन कलेजले पनि कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनको डिनको कार्यालयलाई पत्र लेखिएको निमित्त क्याम्पस प्रमुख भुजेलले जानकारी दिए । विद्यार्थीको स्वास्थ्य अवस्थाबारे नगरप्रमुख र अन्य सरोकारवालाबीच संंयोजन भइरहेको वडाध्यक्ष मगरको भनाइ छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार