असोज १४, २०८० आइतबार October 1, 2023

भ्रष्टाचारविरुद्ध ‘फायर’ खोल्नुपर्छ: महामन्त्री शर्मा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारको विषयमा सरकारले पुराना फाइलमात्र होइन, फायर नै खोल्नुपर्ने बताएका छन्।

आज झापा क्षेत्र नं १ को क्षेत्रीय सम्मेलनमा बोल्दै उनले सरकारले भ्रष्टाचार नियन्त्रणका लागि चालेको हरेक कदममा पार्टीको समर्थन रहेको बताए।

‘कांग्रेसले कसैलाई निलम्बन गर्यो वा गरेन त्यो ठूलो कुरा होइन, यस्तो हल्ला गर्नुको अर्थ पनि छैन’, उनले भने, ‘भ्रष्टाचारको फाइलमात्र होइन, फायर खोलिनुपर्छ।’

नेपाली कांग्रेस भ्रष्टाचारमुक्त समाज बनाउन चाहने उल्लेख गर्दै उनले पार्टी चलाउने शैलीमा नवीनताको आवश्यकता औँल्याए।

उनले पार्टीमा भइरहेका गल्ती–कमजोरीको सबै दोष आफूहरूले नलिने बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया