असोज १४, २०८० आइतबार October 1, 2023

तस्करी गरेर ल्याइएका ६ लाखभन्दा बढी मूल्यको माछा नष्ट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भारतबाट चोरी तस्करी गरेर ल्याइएका माछा मोरङ प्रहरीले नष्ट गरेको छ। मोरङकाे विभिन्न स्थानबाट उक्त माछा बरामद गरी नष्ट गरिएको हो।

भारतका विभिन्न क्षेत्रबाट अवैध रुपमा ल्याउने क्रममा मृत अवस्थाका समेत रहेका माछा फेला परेको १ हजार ७ सय ७७ केजी माछा मोरङ प्रहरीले नष्ट गरेको जनाएको छ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालका अनुसार २०७९ पुसदेखि भदौ अन्तिमसम्म जिल्लाका २३ वटा स्थानबाट माछा बरामद भएको थियो।

बरामद गरी नष्ट गरिएका मांगुर (मुङ्गी) जातका माछा ६ लाखभन्दा बढी मूल्यको रहेको छ। स्वास्थ्य र पर्यावरणमा समेत प्रतिकुल असर पर्ने भारतीय मुङ्ग्री जातको माछा ल्याउन प्रतिबन्ध रहेको छ। चुमन बस्नेत

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया