श्रावण ४, २०८२ आइतबार July 20, 2025

मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः हेटौँडास्थित मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाइने भएको छ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले अध्यक्षतामा आज यहाँ बसेको सर्वदलीय एवम् सर्वपक्षीय बैठकले उक्त निर्णय गरेको हो ।

प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा आयोजित सर्वदलीय एवम् सर्वपक्षीय बैठकमा प्रदेश सरकारका मन्त्री, पूर्वमन्त्री, विभिन्न राजनीतिक दलका नेता, सांसद, शिक्षासँग सम्बन्धित विपद् एवम् विशेषज्ञ तथा प्रशासनिक निकायका प्रमुखको बैठकले क्याम्पसलाई विश्वविद्यालय बनाउने सहमति गरेको हो । विश्वविद्यालय निर्माणका लागि हस्ताक्षर सङ्कलन पनि गरिने छ ।

उक्त क्याम्पसलाई विश्वविद्यालय बनाउनु आफैँमा गौरवको विषय भएकाले तदारुकताका काम अगाडि बढाउनुपर्नेमा बैठकमा सहभागीले जोड दिएका थिए ।

बैठकमा प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशसभा सदस्यहरु एकलाल श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, प्रेमवहादुर पुलामी, जिल्ला समन्वय समितिका मकवानपुरका प्रमुख ललित घलान, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा र राष्ट्रिय प्रजातन्त्र पार्टीका सागर थापालगायतको सहभागिता थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार